काठमाडौं । सरकारले गत चैतमै प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समूहले बुधबार आव्हान गरेको बन्दलाई सफल बनाउन विभिन्न स्थानमा विष्फोटदेखि आगजनीका घटनाहरु गराएको छ ।
विप्लव समूहले नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा मंगलबार राति बम विस्फोट गराएको छ ।
विस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ । सम्पूर्ण कागजात नष्ट भएको बताइएको छ ।
यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन् ।
रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटार वडा कार्यालयमा पनि आगजनी भएको छ ।
विप्लव समूहले मकवानपुरको हेटौंडाका थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक ट्वेन्टीफोर होटल नजिक राखेको शंकास्पद वस्तु नेपाली सेनाले निस्कृय पारेको छ ।
मकवानपुरमा दुई वटा गाडीमा आगजनी पनि भएको छ ।
प्रतिकृया दिनुहोस