मैले खुर्पाले मोतिलालको हत्या गरें भन्दै प्रहरी चौकी पुगे लक्ष्मण

Yugnepal     658 पटक पढिएको    

मैले खुर्पाले मोतिलालको हत्या गरें भन्दै प्रहरी चौकी पुगे लक्ष्मण

 

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ३ तोलादीमा खुर्पा प्रहार गरी एक जनाको हत्या भएको छ । मुसिकोट नगरपालिका वडा नं ३ तोलादी निवासी ४८ वर्षका मोतिलाल कुमालको हत्या भएको हो । 

सोही स्थानका ४५ बर्षिय लक्ष्मण कुमालले आफुले धारिलो हतियार प्रयोग गरी मोतिलालको हत्या गरेको भन्दै प्रहरी चौकी वामीमा आएका थिए ।

खेतमा सिंचाई गर्ने बिषयमा झगडा भएको र दुवैले रक्सी खाएको कारण सो घटना भएको प्रहरीको भनाइ छ । 

मृतकको शव नौघाट भन्ने ठाउँमा भेटिएको थियो भने हाल मुचुल्का तयार गरी पोष्टमार्टमको निम्ति जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरीले बताएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

हत्यामा संलग्न लक्ष्मण भने प्रहरी हिरासतमा छन् ।



बुधबार १५, साउन २०७६ १०:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.