तामाकोसी तेस्रोमा चलखेल, ६५० मेगावाटको जलविद्युत २०० मा झार्ने षड्यन्त्र ।

Yugnepal     767 पटक पढिएको    

तामाकोसी तेस्रोमा चलखेल, ६५० मेगावाटको जलविद्युत २०० मा झार्ने षड्यन्त्र ।

काठमाडौं । दोलखालीहरुको भविष्यसंग जोडिएको ६५० मेगावाट क्षमताको प्रस्तावित तामाकोसी तेस्रो जलविद्युत आयोजना २ सय मेगावाटमा झार्ने चलखेल भएको भन्दै सम्बन्धित निकायले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आयोजना जनसरोकार समितिले ६५० मेगावाटको जलविद्युतलाई २०० मेगावाटकोमात्र बनाउने गरी प्रवद्र्धक कम्पनी टिबीआई होल्डिङ्सले दुई ओटा चिनियाँ कम्पनीसंग संयुक्त लगानी साझेदारी गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

समितिले चार दिनअघि राजधानीमा उर्जामन्त्री वर्षमान पुनको उपस्थितिमा टिबीआईले दुई चिनियाँ कम्पनीसंग आयोजनाको क्षमता तीन गुणा घटाएर निर्माण गर्ने भनेर सम्झौता भएको थियो । 

उक्त सम्झौता आयोजना समिति र आयोजनाका प्रभावित क्षेत्रका बासिन्दाका लागि मान्य नहुने भन्दै तत्काल खारेजीको माग गर्दै चेतावनी दिएका छन् । 

तामाकोसीमा निर्माण गर्ने गरी नर्वेजियन कम्पनी स्टाट क्राफ्टले सुरुमा सम्भाव्यता अध्ययन र वातावरणीय था सामाजिक प्रभाव मुल्यांकन गरिसकेर विस्तृत परियोजना अध्ययन समेत सकी आयोजना कार्यान्वयनको अवस्थामा पुगिसकेको थियो । 



मङ्गलबार १४, साउन २०७६ ०५:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal