कक्षा १२ को नतिजा सार्वजनिक, ३।६१(४ जीपिए ल्याउने ३०६७

Yugnepal     762 पटक पढिएको    

कक्षा १२ को नतिजा सार्वजनिक, ३।६१(४ जीपिए ल्याउने ३०६७

 

काठमाडौ‌ं – कक्षा १२ को नतिजा सोमबार साँझ प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको उक्त परिक्षाको नतिजा सार्वजनिक गरेको हो। बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २ लाख ९२ हजार १ सय ५३ सहित कुल  ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए।

३।६१ देखि ४ जीपिए प्राप्त गर्ने  ३ हजार ६७, ३।२१ देखि ३।६० जीपीए ल्याउने १६ हजार २ सय ४ विधार्थी छन् भने  ३१ हजार विद्यार्थीले २।८१ देखि ३।२० जीपीए प्राप्त गरेका छन् ।  ५६ हजार पाँच सय ३ विधार्थीले २।४१ देखि २।८० सम्म जीपीए ल्याएका छन् भने  २।०१ देखि २।४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८६ हजार २ सय २७ रहेको छ।

१।६१ देखि २।०० जीपीएसम्म ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १९ हजार विधार्थीले १।२१ देखि १।१६ जिपीएसम्म ल्याएका छन्।   ०।८१ देखि १।२० ल्याउने  विधार्थीको संख्या ३ हजार ५ सय २४ रहेको छ । ०।० देखि ०।८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ छन्। देश सञ्चार बाट साभार ।



मङ्गलबार १४, साउन २०७६ ११:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal