पाकिस्तानका सबै विमानस्थलमा हाई अलर्ट, राष्ट्रिय(अन्तराष्ट्रिय उडान रद्द

विदेश

Yugnepal     839 पटक पढिएको    

पाकिस्तानका सबै विमानस्थलमा हाई अलर्ट, राष्ट्रिय(अन्तराष्ट्रिय उडान रद्द

पाकिस्तानका सबै विमानस्थलमा हाई अलर्ट, राष्ट्रिय(अन्तराष्ट्रिय उडान रद्द


 
इस्लामावाद । पछिल्लो भारत र पाकिस्तानबीचको युद्धको स्थितिका कारण पाकिस्तानले आफ्ना सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु रद्द गरेको छ । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान शासित काश्मिरका सबै नागरिक विमानस्थलहरु बन्द गरिएको छ । यस अघि नै भारतले पनि जम्मू काश्मिर र अमृतसरका सबै फ्लाईटहरु रद्द गरी विमानस्थलमा उच्च सुरक्षा सतर्कता अपनाई सकेको छ । 

पुलवामा आतंककारी हमलापछि सुरु भएको दुई देशबीचको तनाव भारतको मंगलबारको एयर स्ट्राइकसम्म आईपुग्दा युद्धको स्थितिमा पुगेको हो । भारतले पाकिस्तानको लडाकू विमान भारतीय भूमिमा छिरेको आरोप लगाएको छ र केही लडाकू विमानका भारतीय एयर स्पेसको समेत उल्लंघन गरेको भारतको आरोप छ । तर, पाकिस्तानले भने यसको बचाउ गर्दै आफूहरु एलओसी लाईन पार नगरेको दाबी गरिरहेको छ । 

यसैबीच दुबै देशले एकअर्काको विमान खसालेको दाबी गरिरहेका छन् । भारतले अहिले एउटा पाकिस्तानी युद्धविमान खसालेको दाबी गरेको छ भने पाकिस्तानले दुईवटा भारतीय युद्धपोत विमान खसालेको दाबी गरिरहेको छ । 



बुधबार १५, फागुन २०७५ ०२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.