श्रीकृष्णले पाण्डवलाई बताए कलियुगका विशेषता शासक दुई जिब्रे हुनेछन्  न्याय दिनेछैनन्

Yugnepal     1314 पटक पढिएको    

श्रीकृष्णले पाण्डवलाई बताए कलियुगका विशेषता शासक दुई जिब्रे हुनेछन्  न्याय दिनेछैनन्

 

काठमाडौं । महाभारतको युद्धमा भगवान श्रीकृष्णको कृपाबाट पाण्डवहरुको विजय भयो । तब भगवानले युधिष्टिरलाई भन्नुभयो हस्तिनापुरमा तिमि राज्य गर ।
भगवानको वचन सुनेर युधिष्ठिरले भने भगवान यो राज्य अनर्थको जड हो, म राज्य गर्दिन ।

भगवानले भन्नुभयो, ुहे पाण्डव नन्दन अब चाडै कलियुगको सुरुवात हुदैछ, कलियुगमा पाप यति बढ्नेछ कि मानिसलाई बाच्न कठिन हुनेछ। हरेक ठाँउमा अशान्ति र पाप पाखण्डको बोलबाला हुनेछ । यसकारण कलियुग आउनु भन्दा पूर्व तिमि धर्मपूर्वक प्रजाको पालक बन।ु

भगवानको श्रीमुखबाट कलियुगको कुरा सुनेर युधिष्टिर तथा पाण्डवहरुले भने, ुभगवान कलियुगको कस्तो स्वरुप हुनेछ, कृपया बताउने कष्ट गर्नुहोस रुु

श्रीकृष्ण भगवानले पाँच पाण्डवलाई पाँच स्थान पठाएर भन्नुभयो, ुतिमीहरुले जे अश्चर्य तथा अचम्मको कुरा देख्छौ आएर भन्‍नु तब म तिमीहरुलाई कलियुगको स्वरुप सम्झाउनेछु ।ु

पाँच पाण्डव पाँच तर्फ गए तथा सबैले एक एक अचम्मका कुरा देखे । सबै भगवान भएको ठाँउमा फिर्ता आए। भगवानले सबैभन्दा पहिले युधिष्ठिरलाई सोध्नुभयो,ु तिमीले के देख्यौ रुु

युधिष्ठिरले भने, ुप्रभु मैले बाटोमा एक हात्ती देखे जसको दुई सुड थिए।ु

भगवानले भन्नुभयो, ुयो त कलियुगको स्वरुप हो । कलियुगका शासक पनि दुई सुड भएको हात्ती जस्तै हुनेछन्। उनिहरुको कथनी र करनीमा अन्तर हुनेछ। भन्नेछन् एक र अर्कै काम गर्नेछन्। साथै उनिहरुले न्याय गर्ने समय वादी र प्रतिवादी ९पक्ष र प्रतिपक्ष० दुवैका मानिसहरुसँग लाभ उठाउनेछन् । न्याय दिनेछैनन् ।ु

तब भगवानले भीमसँग सोध्नुभयो, ुतिमीले के देख्यौ भीम रुु

भीमले भने, ुभगवान मैले जंगलमा एक गाईलाई देखे जसले बाछीलाई जन्म दिएको थियो । त्यो बाछी मुस्किलले उभिदै थियो तब गाइले नै बाछीको दुध पिउन थाल्यो । यस विचित्र दृश्यलाई देखेर म आश्चर्यचकित भए।ु

भगवानले भन्नुभयो, ुपाण्डु नन्दन यो पनि कलियुगको स्वरुप हो। कलियुगमा माता पिता आफ्नो कन्यालाई बेचेर आफ्नो जीविका चलाउनेछन्। छोरीको कमाईको उपभोग उनको परिवारका सदस्यहरुको लागि गर्नेछन् । बाछीको दुध गाईले पिउनुको संकेत यहि हो ।ु

अर्जुनले भने, ुप्रभु मैले श्मशान भुमिमा एक पक्षीलाई देखे जसको खुट्टा र पछाडि वेदमन्त्र अंकित थियो, तर त्यो पक्षीले मुर्दालाई खादै थियो । यसमा कलियुगको के संकेत जोडिएको छ रुु

भगवानले भन्नुभयो, ुहे अर्जुन त्यो पक्षी कलियुगको तर्फ संकेत गर्दैछ कलियुगमा विद्वान तथा वेदपाठी मानिसहरु मुखबाट वेद मन्त्र पढ्नेछन् तर उदरपूर्तिको लागि उनिहरु कसैको श्राद्ध तथा मृत्युको अवसरमा पनि गएर भोजन ग्रहण गर्नेछन्।ु

फेरी भगवानले नकूलसँग सोध्नुभयो,ु तिमिले के देख्यौ रुु

नकुलले भने, ुनाथ मैले एक स्थानमा तीन कुवा देखे जसको लम्बाइ, चौडाइ र गहिराइ तथा बनावटमा समानता थियो तर आश्चर्य यो छ कि छेउ छाउको कुवामा त जल थियो तर बीचको कुवा सुख्खा थियो, यसको के कारण छ रुु

भगवानले भन्नुभयो, ुयी तीन कुवा कलियुगमा दाजुभाइको आपसी सम्बन्धमा संकेत गर्दैछ। एक भाइ निर्धन हुनेछ अर्को धनवान हुनेछ। तर धनवान आफ्नो निर्धन भाइको सहायता नगरेर धनवान छिमेकीसँग सम्बन्ध एवं मित्रता गास्नेछ ।ु

भगवानले गरेको चर्चा सुनेर सहदेवले भने, ुप्रभु चारै दाजुहरुले कलियुगको स्वरुपको संकेत गर्नुभयो तर मैले त यसबाट भिन्न एक अर्को आश्चर्य देखे। एक हिमाल पर्वतमाला एकाएक पर्वतबाट झर्न थाल्यो जसबाट अनेक रुख बिरुवाहरु सबै भाचिए। कुनै पनि रुख विरुवाले त्यस पहिरोलाई रोक्न सकेन तर तल झर्नबाट एक सिन्कोले  रोक्यो। तपाई भन्नुहोस भगवान यसमा कलियुगको के संकेत छ ।ु

भगवानले भन्नुभयो, ुसहदेव कलियुगमा धर्मरुपी पर्वत खण्ड आफ्नो स्थानबाट खस्किन थाल्नेछ। आचार(विचार(नेम(जप(तप(ब्रत यी सबै रुख बिरुवा जस्तै हुन् जसले धर्मलाई बचाउन सक्नेछैन। धर्मको हानीबाट जप तप पूजा पाठ पनि छिन्न भिन्न हुनेछ । त्यो सिन्को भगवानको नामको संकेत हो । त्यसैले मात्र सबैको रक्षा गर्नेछ।ु

भन्नुको भाव यो हो कि कलियुगमा मात्र नामद्वारा नै धर्मको रक्षा हुनेछ। नामबाट नै सबैको उद्दार हुनेछ । यसकारण संत भन्छन् (
नहि कलि कर्म न भक्ति विवेकू
राम नाम अवलंबन एकू ।
कलियुग केवल नाम अधरा ।
सुमिरि सुमिरि नर उतरे पारा ।।



सोमबार १३, साउन २०७६ ११:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.