श्री शिगासधुरा धामलाई देश विदेशमा चिनाउन युवाहरूको चासो

Yugnepal     982 पटक पढिएको    

श्री शिगासधुरा धामलाई देश विदेशमा चिनाउन युवाहरूको चासो

 

बैतडी जिल्लाको दुर्गम सिगास गाउँपालिका को वडा नम्बर ४ र ८ को सिमानामा रहेको पर्यटकिय र धार्मिक स्थल श्री सिगास मन्दिर ९ श्री शिगासधुरा धाम ० लाई देश विदेशमा चिनाउने उद्देश्य ले प्रवासी नेपाली संस्था खोली यूबाहरू लागी परिरहेका छन् ।
परापूर्वकालदेखि नै ” कुमको केदार शिरको शिगास ” नामले परिचित शिगास मन्दिर९शिगासधुरा धाम० जीर्ण अवस्थामा रहेको र प्रचारप्रसारको पनि अभाव भएकोले यूबाहरू मन्दिर लाई देश(विदेशमा चिनाउन लागि परिरहेका हुन् ।

उक्त मन्दिर को बिकास गर्न एक बर्ष अघि देखि नै ञप्रवासी सिगास बिकास मञ्चझ संस्था खोली शिगास मन्दिरको बिकास गर्न साथै सिगास मन्दिर नजिकै पक्की धर्मशालाको निर्माण गरी श्रद्धालु भक्तजनको सेवा मा कटिबद्ध हुन् अहिले आर्थिक संकलन अभियान सुरु गरेको र धर्मशाला निर्माण को कार्य पनि आधा जति सम्पन्न भइसकेको प्रवासी संस्थाका अध्यक्ष रघुवीर सिह साउद ज्यूले बताएका छन् ।
बिशेष गरी सिगास गाउपालिका भरिका सम्पूर्ण यूबाहरू एकजुट भएर भारतमा प्रवासी नेपाली संस्था खोलेको र छिट्टै नै शिगास मन्दिर नजिकै निर्माणाधीन पक्की धर्मशाला को भवन को काम अन्तिम चरणमा पनि पुर्‍याउन लागेको पनि अध्यक्ष साउद ले बताएका छन् ।


उक्त मन्दिर को बिकासमा आफू कटिबद्ध रूपमा लागेको र शिगास मन्दिर नजिकै बन्न लागेको पक्की धर्मशाला को भवनको काम आफूले मर्यादित किसिमले सञ्चालन गरेको शिगासधुरा धर्मशाला निर्माण समिति का अध्यक्ष मोहन सिंह बोहोरा ले जानकारी दिएका छन् ।


समुन्द्री सतहबाट कति उचाइमा रहेको छ भनि कुनै निश्चित उचाइ पनि नापिएको छैन् । सामान्य रुपले भन्दा धेरै नै उचाइमा रहेको यस मन्दिर को वरीपरी जंगल भएको साथै बिभिन्न किसिमका जडिबुटी पाइने पुष्टि पनि भइसकेको र सिगास मन्दिर लाई देश(विदेशमा चिनाउन का लागि सिगास गाउँपालिकाका ९ वटै वडाका युवाहरूले सक्दो आर्थिक सहयोग गर्न प्रवासी नेपाली सिगास विकास मञ्च संस्था का अर्का पदाधिकारी गोबिन्द अवस्थीले अपिल समेत गरेका छन् ।


परापूर्वकाल देखिनै शिवधाम ९श्री शिगासधुरा धाम० का रुपमा पुजिदै आएको यस ऐतिहासिक पवित्र धार्मिक स्थलको प्रचारप्रसार गर्न सकियो भने निकट भविष्यमा आन्तरिक तथा बाह्य पर्यटककाको केन्द्रविन्दु रहने प्रचुर सम्भावना बोकेको छ र यस धार्मिक स्थल ९श्री शिगासधुरा धाम० को प्रचारप्रसार गरेर देश(विदेशसम्म चिनाउनु हाम्रो कर्तव्य र ठुलो जिम्मेवारी हो ।



आइतबार १२, साउन २०७६ ०१:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.