कैलालीको धनचौरीमा नाग भेटियो, पुजा गर्नेको घुईचो

Yugnepal     1926 पटक पढिएको    

कैलालीको धनचौरीमा नाग भेटियो, पुजा गर्नेको घुईचो

कैलालीको धनचौरीमा नाग भेटियो, पुजा गर्नेको घुईचो
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ मा पर्ने धनचौरीमा एक स्थानीयको घरमा नाग भेटिएको छ। धनचौरीका स्थानीय फौरे जाग्रीको घरको भान्छाकोठामा शुक्रबार राति नौ बजेको समयमा देखिएको नागलाई स्थानीयले देवताको रुपमा पुजा गर्न थालेका छन्। स्थानीयहरुले जाग्रीको घर नजिकैको पिपल चौतारामा नागलाई राखेर कृतन भजन गरेर पुजा गरिरहेका छन्।


जाग्री राति खाना खाएर सुतिरहेका बेला घरभित्र सर्प प्रवेश गरेको सपना देखेका थिए। जाग्री सुतिरहेकै अवस्थामा उनकी कान्छी बुहारीले सर्पले टोकेको भन्दै ब्युझाएकी थिईन्। तर एकछिन पछि सर्प ठुलो स्वरले कराएपछि भान्छा कोठामा प्रकट भएको जाग्रीले बताए। पछि स्थानीय ब्राहमणलाई बोलाएर भलो गर्न देखिएको भए बस नत्र जाउ भन्दा समेत सर्प नगएपछि स्थानीयले नागको रुपमा भगवान प्रकट भएको विश्वासमा पुजाआजा लगाएका छन्
उनीहरुले नाग प्रकट भएको क्षेत्र शिव मन्दिर बनाउने योजना समेत बनाएका छन्। नागलाई अहिले धनाचौरीकै पिपल चौतारामा राखिएको छ। धनचौरीमा रहेको समैजी आधारभुत विद्यालयका शिक्षक समेत रहेका स्थानीय दिलराज भट्टराईले नाग प्रकट भएको खुसि व्यक्त गर्दै यसले धर्मप्रती आस्थावान हुनुपर्छ भन्ने संकेत गरेको बताए। धर्म नमानेर नास्तीक हुनेलाई आस्थीक हुनुपर्छ भन्ने शुभ संकेत दिएको उनको भनाई छ।
यस्तै स्थानीय महिला रमादेवी भट्टले शिवरात्रीको पूर्व सन्ध्यामा गाउँमा भगवान शिव नागको रुपमा प्रकट भएको विश्वास व्यक्त गरिन्। स्थानीयले अव उक्त स्थानमा मन्दिर निर्माण गरी नाग देवताको रुपमा पुजा गर्ने तयारी गरेका छन्। अहिले नागलाई देवताको रुपमा पुजा गर्नेको घुईचो लागेको छ।   दिनेशखबर बाट 



आइतबार १२, फागुन २०७५ ०४:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.