मेस्सीको ह्याट्रिकमा बार्सिलोना बिजय

खेलकुद

Yugnepal     1040 पटक पढिएको    

मेस्सीको ह्याट्रिकमा बार्सिलोना बिजय

मेस्सीको ह्याट्रिकमा बार्सिलोना बिजय 

 मेस्सीको ह्याट्रिकमा बार्सिलोना बिजय 
बीबीसी । लियोनल मेस्सीको ह्याट्रिकमा बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा सेभिल्लामाथि विजय भएको छ ।  शनिबार राति सकिएको खेलमा सेभिल्लालाई ४–२ ले पराजित गर्न मेस्सीको ह्याट्रिकसँगै लुइस स्वारेजले गोल गरे ।  सेभिल्लाले घरेलु मैदानमा अग्रता लिएपनि जोगाउन सकेनन् । २२ औं मिनेटमा जिसस नभासले सेभिल्लालाई अग्रता दिलाए । 

लगत्तै ४ मिनेटपछि मेस्सीले बराबरी गोल फर्काए । पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा सेभिल्लाले ग्राबियल मरकाडोको गोलबाट पुनह खेलमा अग्रता लियो । 


तर दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफनो पक्षमा पार्यो । ६७ औं मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो तथा ८५ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे । इन्जुरी समयमा स्वारेजले गोल गर्दै टोलीको जित ४–२ ले सुनिश्चित पारे । 
जितसँगै बार्सिलोना २५ खेलबाट ५७ अंकसहित शिर्ष स्थानमा छ । १ खेल कम खेलेको एट्लेटिको मड्रिड ४७ अंकसहित दोस्रो स्थानमा छ । 



आइतबार १२, फागुन २०७५ १०:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.