सरकारले घर भत्काउन थालेपछि घरधनीले दिए सबै घर भत्काएर देखाउन चेतावनी

Yugnepal     926 पटक पढिएको    

सरकारले घर भत्काउन थालेपछि घरधनीले दिए सबै घर भत्काएर देखाउन चेतावनी

सरकारले घर भत्काउन थालेपछि घरधनीले दिए सबै घर भत्काएर देखाउन चेतावनी   

पाल्पा । नियम विपरित तला थपेको भन्दै तानसेन नगरपालिकाले वडा २ महेन्द्रवोधी विद्यालयको गेट अगाडिको थमकला अर्यालको तेस्रो तलाको केही भाग नगरपालिकाले भत्काएको छ ।

विना ईजाजत, विना स्विकृति नक्सा पास विना घरको तेस्रो तला थपेको भन्दै अर्यालको तलाको केही भाग तानसेन नगरपालिकाले भत्काएको हो । घर भत्काउने समयमा दुवै पक्ष बीच भनाभन भएपछि नगरपालिकामा भएको सहमतिमा घरधनी अर्यालले आफै घर भत्काउने सहमति गरेकी छिन् । 

ईजाजत विना तला नथप्न पत्राचार गर्दा समेत अटेर गरेको, नगरपालिकाको ऐन नियम विपरित घरधनी अर्यालले काम गरेकाले बाध्य भएर तला भत्काउने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत किर्तनराज पौडेलले बताए । 

अर्यालले पटक पटक नगरपालिकाको कानुन विपरित काम गर्दा सच्चिने मौका दिएपनि अन्तिम पटक नगरपालिकाले २०७५ कार्तिक १० गते घरधनी अर्याललाई सच्चिने मौका दिएको थियो । 

घरधनी अर्यालले कार्तिक १५ गते नगरपालिकामा पेश गरेको स्पष्टिकरण चित्त बुझ्दो निर्णय नआएकाले जरिवानासहित थपेको तला भत्काउने निर्यण भएको नगरपालिकाले जनाएको छ ।

कार्तिक १६ गते नगरपालिकाको निर्यण अनुसार निज घरधनी अर्याललाई १ हप्ताभित्र आफै घर भत्काउन लगाउने र निजले नियम विपरित काम गरेकोले २ लाख जरिवाना भराउने निर्यण सहित पत्रचार गरेको टिप्पणी आदेशमा उल्लेख गरिएको छ ।

निजले ४ महिना बितिसक्दा समेत नियम विपरित बनाएको तला नभत्काएकोले बाध्य भएर नगर प्रहरी खटाई घरभत्काउन लगाएको नगर प्रमुख अशोक कुमार शाहीले बताए । 

निजले आफै घर भत्काए पनि नियम विपरित काम गरेकोले निजबाट २ लाख जरिवाना लिईने नगरपालिकाले जनाएको छ । घरधनी अर्याललाई नगरपालिकाको निर्यण तथा कामहरु चित्त नबुझेमा अदालतमा जान अनुरोध गरेको छ ।

घरधनी अर्यालले आफ्नो छिमेक तथा वरीपरी सयौ व्यक्तिका मापदण्ड विपरित घरहरु निर्माण भएका छन, उनीहरुको घर नभत्काउने तर मेरो घर विना जानकारी विना सूचना भत्काउने काम गलत भएको बताइन् । 

नगर भित्र मापदण्ड विपरित निर्माण भएका अन्य घरहरु भत्काएमा आफुहरु खुसी भएर घर भत्काउने अर्यालले बताइन् । 

नगरपालिकाका कर्मचारीहरुको मिलेमतोमा कसैलाई आफुखुशी घर बनाए पनि भित्र भित्रै नक्सा पास दिने गरेको, केहीको भने घर नै भत्काईदिने गरेको घरधनी अर्यालले बताइन् । 

नियम विपरित बनेका सबै घर, बाटो भत्काएर देखाउन घरधनी अर्यालले नगर सरकारलाई चेतावनी दिएकी छिन् । आफ्ना नजिकका व्यत्तिहरुले हालसालै बाटो, ढल, मिचेर ३ तले भवन बनाएका छन् ती व्यत्तिहरुलाई कारवाही नहुने, सोझा साझा, विदेशमा पसिना बगाएको रकमले आफ्नै जग्गामा घर बनाउँदा विभिन्न व्यक्तिको प्रभावमा परेर आफ्नो घर भत्काइएको अर्यालले गुनासो गरिन् ।

केही दिनअघि तानसेन नगरपालिका वडा नंं ७ का सुमन परियारको पनि मापदण्ड विपरित घर निर्माण गरेको भन्दै डोजर लगाएर भत्काएको थियो ।



आइतबार १२, फागुन २०७५ १०:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.