अख्तियार टोलीद्वारा घुससहित पक्राउ

देश

Yugnepal     1752 पटक पढिएको    

अख्तियार टोलीद्वारा घुससहित पक्राउ

अख्तियार टोलीद्वारा घुससहित पक्राउ

    तौलिहवा, ११ फागुन

कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे रु एक लाख घुससहित आज पक्राउ परेका छन् । विद्यालयले आह्वान गरेको शिक्षक पदमा जागिर लगाइदिने शर्तमा सेवाग्राहीबाट सो रकम बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो । 

    सदरमुकाम तौलिहवास्थित रेसुङ्गा होटलबाट समिति सदस्य चौबेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताउनुभयो । पक्राउ गरिएका चौबेउपर थप अनुसन्धानका लागि आयोगको कार्यालय बुटवल लगिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । 
 



शनिबार ११, फागुन २०७५ ०६:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal