ढुवानीमा चुहावट रोक्न भिसिटिएस प्रणाली स‌ंचालन

Yugnepal     713 पटक पढिएको    

ढुवानीमा चुहावट रोक्न भिसिटिएस प्रणाली स‌ंचालन


 
काठमाडौं,  सरकारले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली भिसीटिएस’ को सुरुआत गरेको छ। आज अर्थमन्त्री डा।युवराज खतिवडाले भिसीटिएसको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले भिसीटिएस लागू गरेको हो। यसमा कानून बमोजिम एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रिय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्रै ओसारपसार गर्नुपर्नेछ।

यसको उद्घाटन गर्दै अर्थमन्त्री डा। खतिवडाले मुलुकमा हुने अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ सरकारले यो प्रणालीको पनि सुरुआत गर्नु परेको बताए। उनले प्रणालीबाट साना व्यवसायीलाई हुने व्यवहारिक कठिनाई हल गरेर जान सरकार प्रतिवद्ध रहेको बताए।

राजस्व अनुसन्धान विभागको वेबसाईट धधध।मचष्।नयख।लउ मा गएर उद्योगी व्यवसायीले आफ्नो ढुवानी गर्ने बस्तु र साधानको संक्षिप्त विवरण सो प्रणालीमा प्रविष्ट गराउने व्यवस्था गरिएको छ। यसो गर्दा अनौपचारिक क्षेत्रमा कारोबार हुने सबै आर्थिक कारोबार पनि पारदर्शी हुने अर्थमन्त्री खतिवडाले बताए।

यो व्यवस्था लागू भएसँगै सरकारले मालबहाक सामान चेकजाँचका लागि संचालन गरिएको सबै पोष्टहरु हटाउनेछ। यो प्रणालीबाट बस्तुको ढुवानी व्यवस्था अति सहज हुने पनि राजस्व अनुसन्धान विभागको दावी छ।



बुधबार ०१, साउन २०७६ ०२:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal