पृथ्वीनारायणले पूरा गर्न नसकेको जयप्रकाशको अन्तिम इच्छा, माग थियो केवल जुत्ता र छाता

Yugnepal     1236 पटक पढिएको    

पृथ्वीनारायणले पूरा गर्न नसकेको जयप्रकाशको अन्तिम इच्छा, माग थियो केवल जुत्ता र छाता

पृथ्वीनारायणले पूरा गर्न नसकेको जयप्रकाशको अन्तिम इच्छा, माग थियो केवल जुत्ता र छाता 

काठमाडौं । कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्ललाई इतिहासमा अभागी राजाको रुपमा चिनिन्छ । उनी एक हिसावले अभागी हुन् भने अर्को हिसावले भाग्यमानी राजा पनि हुन्। पिता जगज्जय मल्लका माईला छोराको रुपमा रहेका जगप्रकाश आफ्ना दाजुको अल्पायूमा नै मरेकाले राज सिंहाशनमा बस्ने सौभाग्य पाएका राजा हुन् । 

उनी आफ्नो शासनसत्ता टिकाई राख्नको लागि जस्तो सुकै हर्कतसम्म पनि गर्ने स्वभावका थिए। स्वभावकै रुपमा भन्ने हो भने त कठोर विचार, घमण्डी र शंकालु स्वभावका उनी आफ्नो दरबार, भारदार र सेनाको नजरमा कहिलै पनि राम्रो बन्न सकेनन् । यही कारण नै उनीमाथि गोरखाले सहज जीत हाँसिल गर्न सफल भएको इतिहासको पानामा भेटिन्छ । 

मूलतः राजा शासनमा सत्ताको शक्ति बढी हुने, दरबार, भारदार र सेनासँग नै नराम्रो व्यवहार गर्ने जयप्रकाशको आफ्नी श्रीमतीहरुसँग समेत राम्रो सम्बन्ध थिएन । उनी यतिसम्म थिए कि धर्मको हिसावले हिन्दू धर्म मान्ने उनी आफ्नो शक्ति टिकाईराख्न विदेशीसँग सैनिक झिकाई देवी देवता र गुठी समेत मास्न पनि पछि नपर्ने उनको स्वभावका कारण धर्मप्राण नेपाली जनता क्षुब्ध भएर उनलाई सत्ताच्यूत गराई उनका छोरा राज्यप्रकाश मल्ललाई राजा बनाएका थिए । उनले विदेशी सैनिकलाई बढी तलब दिन थालेपछि नेपाली सैनिकहरु पनि उनीसँग निकै रुष्ट थिए । 

उनले यस्तै घमण्ड र शंकाकाबीच पनि ३६ वर्षसम्म कान्तिपुरमा शासन गरे । तर यो ३६ वर्षे समयावधिमा उनलाई अभागी प्रमाणित गर्नै धेरै घटनाहरु घटे । शंकालु स्वभावका जयप्रकाशले आफ्नी श्रीमती दयावतीमाथि समेत निकै शंका गर्ने गरेका थिए । त्यही शंका धेरै बढी हुँदै जाँदा उनकै कारण जयप्रकाशले राज्य त्याग गर्नुपरेको इतिहास छ । 

त्यतिबेला गोर्खालीहरुले नुवाकोटमाथि आक्रमण गरिरहेका थिए । घटना हो १८०१ को । त्यतिबेला कान्तिपुरमा पनि गोर्खालीहरुको त्रास सुरु भईरहेको थियो । त्यहिबेला शंकालु जयप्रकाशले सेनापति काजी काशीराम थापा तथा मन्त्री भिखुवाल गोर्खालीहरूसँग मिलेको लख काटे । सोही आधारमा उनीहरुलाई पशुपति दर्शन गर्न गएको बेलामा हत्या गरियो । त्यो हत्या गरेसँगै राजा विरुद्ध नै धेरै सम्भ्रान्त वर्ग रुष्ट भए र उनीहरुले राजालाई सत्ताच्यूत गर्ने षड्यन्त्रमा लागे । यसमा छोरा राज्यप्रकाश मल्ललाई राजा राजा बनाईयो र दयावतीले उनको नायबी लिईन् । जयप्रकाश भने कहिले मातातीर्थ, कहिले कता लुकेर बस्न बाध्य भए ।   

जयप्रकाशलाई सत्ताच्यूत गरेपछि दयावतीले आफ्ना प्रेमी गरुड सिंह भँडेललाई मन्त्री बनाएकी थिईन् । यसरी राजा नभएपछि उनीहरुको प्रेम सम्बन्ध पनि छताछुल्ल हुन थाल्यो । जसका कारण भारदारहरुले लुकेर बसेका राजा जयप्रकाश मल्ललाई खोजेर ल्याई फेरि राज सिंहासनमा बसाले । यो त भयो जयप्रकाश मल्लको गोर्खा आक्रमण अघिको इतिहास । गोर्खाले कान्तिपुर माथि गरेको आक्रमणको पनि भिन्दै इतिहास बन्छ । तर, हामी गोर्खाले कान्तिपुरमाथि विजय हाँसिल गरेपछिको कुरालाई यहाँ राख्ने प्रयास गरेका छौं । 

कान्तिपुर माथि विजय हाँसिल गर्ने क्रममा अन्धाधुन्द गोली प्रहार गर्दा जयप्रकाश मल्लको पैतालामा गोली लागी उनी अन्तिम क्षणमा थिए । अन्तिम क्षणमा पृथ्वी नारायण शाहले अन्तिम इच्छा सोध्न पठाएका थिए । सोध्न जाने भारदारसँग मल्लले आफूलाई एउटा छाता र जुत्ता दिनकोलागि आग्रह गरेर पठाए । जब ती भारदारले आएर जयप्रकाशले छाला र जुत्ता मागेको गुनासो सुनाए ।

त्यतिबेला पृथ्वी नारायण शाह चिन्तित मुद्रामा ध्यानमग्न भएर सोच्न थाले । भारदारहरुले महाराज के नै ठूलो कुरा मागेको छ र रु भनेर शाहलाई भन्दा उनले यसको तात्पर्य केवल छाला र जुत्ता नभएको भन्दै छाताको अर्थ सिंहाशन र जुत्ताको अर्थ पृथ्वी रहेको बताए । उनले मेरो सन्तानको रुपमा उनले यही भूमि र सिंहाशन मागेको भन्दै भारदारहरुलाई पशुपतिमा रहेका उनलाई भेट्नको लागि लिएर हिँडे । 

यसको अर्थ यही भूमि र राजगद्दी माग गरेको भन्दै भारदारहरुसँगै त्यहाँ पुगेर पृथ्वी नारायण शाहले भनेका थिए ुुमहाराज तपाईँले छाता र जुत्ता मागि पठाउनु भएको रहेछ । मैले जे माग्नुहुन्छ दिन्छु भनिसकेँ । तर, यो म मेरापालालाई हैन । मेरा नातीको पालालाई दिन्छुुु भनी बचन दिए । सो वचनबाट खुशी भएका मल्ल त्यही समय यो दुनियाँबाट विदा भएको इतिहास छ । 



शनिबार ११, फागुन २०७५ ११:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.