गुरु को हुन्, कसरी भगवान समान भए आचार्यहरु

Yugnepal     1074 पटक पढिएको    

गुरु को हुन्, कसरी भगवान समान भए आचार्यहरु

काठमाडौं। हिन्दू संस्कृतिमा अनेक किसिमका ‘देवता’हरु रहेका छन्। माता देवता, पिता देवता, गुरु देवता, अतिथि देवता, गरीब देवता गरी किसिम किसिमका देवताहरु छन्। हिन्दू संस्कृतिमा यस्तो व्यवस्था पाईन्छ कि जस्तै तिहारमा विभिन्न जनावर तथा पशुपंक्षीहरुलाई पूजा गरिन्छ। साथमा लक्ष्मीमाताको पूजासँगै दाजुभाइले दिदी बहिनीको समेत सम्मान गरिन्छ। हरिशयनी एकादशीमा हामी तुलसीलाई भगवानको रुपमा मानेर पूजा आराधना सहित विरुवा रोप्ने र हरिबोधनी एकादशीसम्म गर्ने गरिएको छ।

त्यसैले भगवानले पनि मानिसहरुमा बढ्दै गएको स्वार्थी प्रवृत्ति रोक्नको लागि आफ्ना पार्सद ९सेवक० हरुलाई गुरुको रुपमा पठाएर धर्मको बारेमा शिक्षा दिने गरेका छन्। भगवानले नै अज्ञानका कारण मानिसले गर्ने गल्तीहरुलाई रोकेर आफ्नो लोकसम्म सबै मानिसहरुलाई पठाउने व्यवस्था गर्नको लागि नै आफ्ना पार्सदहरुलाई गुरुको भेषमा पठाएकोले सबै गुरुहरुलाई देवताको रुपमा मान्ने गरिएको छ।ुु

उपरोक्त उक्ति दिल्लीका चर्चित संस्कृत व्याकरण र वेदान्तका ज्ञाता गुरु गोविन्दाचार्यको हो। गुरुपूर्णिमाको अवसरमा उनी गुरु गोविन्दाचार्यको शिष्यको रुपमा उनको उक्तिबाट नै यो आलेखको सुरुवात गरिएको छ। विशेषगरी गुरु भन्ने शब्द कसलाई प्रयोग गर्ने र कसलाई प्रयोग नगर्ने भन्ने दोधार सबैलाई हुनु स्वभाविक नै हो। पाश्चात्य पठन शैलीलाई आधार मान्दा एकै वर्षमा कैयौं गुरुहरु परिवर्तन् हुन्छन्। दैनिक जीवनमा हामीले कैयौं कुराहरु सिकिरहेका हुन्छौं उनीहरुलाई गुरु किन नभन्ने रु यस्ता अनुत्तरित प्रश्नहरु गुरु शब्दको परिभाषा गर्नुअघि धेरै आउने गर्दछ। 

अझ अहिले त कराँते खेलाउने प्रशिक्षक हुन् या त सवारी साधनका चालक। यी सबै गुरु नामबाट चिन्ने गरिन्छन्। अन्य विविध पेशा छन् त्यहाँ एक एक जना गुरुहरु हुन्छन्। तर, कतिलाई गुरु मान्ने त रु के गुरुपूर्णिमा ती सवारी चालकहरुलाई पनि सम्झिने दिन हो रु होईन। संख्याको हिसाबले गुरु एक वा एक भन्दा धेरै पनि हुनसक्छन्। शाब्दिक अर्थ मान्दा जो गौरब गर्न लायक हुन्छ उनै हुन् गुरु। आफूलाई ज्ञान दिने मात्रै नभएर गौरब गर्न लायक समेत जसलाई ठानिन्छ उनीलाई गुरु मान्न सकिन्छ। 

एकवर्षसम्म गुरुकूलको शिक्षा लिँदा गुरु को हुन् र उनको श्रद्धा र सम्मान कसरी गर्न सकिन्छ भन्ने बारेमा राम्रो जानकारी पाईयो। मंगलबार मैले एक वर्ष विताएको दिल्ली स्थित श्रीनिवास संस्कृत विद्यापीठ सहित नेपाल तथा भारतमा रहेका हजारौं गुरुकूलहरुमा गुरुको पूजा हुन्छ। नित्य सन्ध्या सकेर पहिले भगवानको पूजा गरेर आफ्ना बाबु आमाको स्मरण गरेर विधि विधानपूर्वक गुरुहरुको पूजा गर्ने गरिन्छ। अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि यो पर्व त्यति विशेष मानिँदैन। गुरुकूल बाहेकका विद्यालयहरुमा गुरुहरुप्रति सद्भाव रहेका केही विद्यार्थीहरुले गुरुका लागि केही उपहार दिएर भेट्ने बाहेक अरु केही पनि विशेष कार्यक्रम गरी गुरुपूर्णिमा मनाउने गरिएको छैन। तर, गुरुकूलका विद्यार्थीको लागि त्यो छुट पनि छैन र त्यसरी गुरुपूर्णिमा मनाउन गुरुकूलका विद्यार्थीहरुको संस्कारले पनि दिँदैन।

दिल्ली स्थित श्री लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विद्यापीठमा शास्त्री दोस्रो वर्षमा अध्ययनरत छात्र एकनारायण पौडेल आफ्नो विद्यापीठमा गुरुपूजालाई त्यस्तो महत्व नदिईएको बताउँछन्। त्यही माहोल नभएकै कारण आफू पनि संस्कृत गुरुकूलमा गएर गुरु पूर्णिमा मनाउने गरेको उनले बताए। आफूले मानेको गुरु भेट्नको लागि विद्यालय र विश्वविद्यालयको तुलनामा गुरुकूलहरु नै उत्कृष्ट गन्तव्य रहेको बुझाई पौडेलको छ।

महर्षि सान्दिपनी राष्ट्रिय वेद विद्या प्रतिष्ठान उज्जैनबाट सामवेद पाँचौ वर्षमा अध्यनरत छात्र अनुराग त्रिपाठी पनि चार वेदका विभाजन कर्ता वेदव्यासको स्मरणमा मनाईको यो पर्व गुरुकूलमा मात्रै धुमधाम रुपमा मनाउने गरिएको बताउँछन्। माता र पिता पछिको तेस्रो स्थानमा रहेका आचार्य अर्थात् गुरुहरुलाई पूर्वीय शास्त्र अन्तर्गत्का विभिन्न उपनिषद्हरुमा देवता समान मान्ने गरिएको छ। पाश्चात्य संस्कृतिको विकासको कारण पछिल्लो समय गुरुहरुको महत्व कम हुने गरेको भएपनि पाश्चात्य संस्कृतिको हावा नलागेका संस्कृत गुरुकूलहरुमा भने यो पर्व अझै पनि धुमधामका साथ मान्ने गरिएको छ।

यही देवता रुपी आचार्यहरुको स्मरण तथा सम्मानका लागि हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ गुरु पूर्णिमा। वेदलाई ४ भागमा विभाजन गरेका महर्षि वेदव्यासको स्मरणमा सबै गुरुहरुलाई  अज्ञानता रुपी भवसागरबाट पार गराउने मार्गदर्शकको रुपमा पूजा गरी यो पर्व मनाउने गरिएको छ। गुरुपूर्णिमा सर्वप्रथम महर्षि वेदव्यासलाई गुरुको रुपमा द्वापर युगबाट गुरु पूर्णिमा मनाउन थालिएको हो। कलियुगको आजको कालखण्डसम्म आईपुग्दा गुरुपूर्णिमा पनि पूर्वीय पठन पाठन शैली र पाश्चात्य संस्कृतिको प्रभावको शिकार बनेको छ। अधिकांश शैक्षिक संस्थाहरुमा गुरु पूर्णिमालाई एउटा औपचारिक दिवसको रुपमा मनाउने बाहेक अरु खासै विशेष केही हुने गरेको पाईँदैन। तर, यो प्रचलनलाई अझैपनि हाम्रा संस्कृत गुरुकूलहरुmले भने जोगाईरहेका छन्।

गुरुकूल एउटा संस्कृत सिकाउने शिक्षण संस्था मात्रै होईन। गुरुकूलले अहिले पनि विद्यार्थीमा संस्कार सिकाउने संस्थाको रुपमा आफ्नो पहिचान बनाएको छ। पछिल्लो समय पाश्चात्य शिक्षा प्रणालीले मानिसलाई व्यवहारिक बनाउने भन्दै व्यवहारिक शिक्षा तर्फ धेरै लगानी गरिरहेको छ। तर, हाम्रा परापूर्वकालदेखिको गुरुकूल प्रक्रियालाई भने धेरैले वास्ता गर्ने गरेको पाईँदैन।

के छ गुरुकूलको महत्व रु
पूर्वीय संस्कृतिमा गुरुपूजाको विशेष महत्व रहेको। गुरुपूजाको दिन गुरुले दिएको आशीर्वाद अन्य दिनको आर्शीवादभन्दा विशेष मानिने भएकोले यस दिन गुरुआशीर्वादका लागि पनि टाढा टाढाबाट शिष्यहरु गुरुको समिपमा पुग्ने गर्दछन्। परलोक भईसकेका गुरुहरुलाई भने तस्वीरमा माल्यार्पण गरेर गुरु आराधना गर्ने प्रचलन छ।

संस्कृतमा एक उक्ति छ गुरु व्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर। अर्थात् गुरुले नै ब्रह्मा समान ज्ञानको सृष्टि, विष्णु समान स्थिती र गुरुद्वारा नै महेश्वर समान अहंकार आदिको संहारकर्ताको रुपमा गुरुलाई मान्ने गरिएकको छ।

गुरुकूल एउटा यस्तो शैक्षिक संस्था हो। जसमा पढाईको साथमा व्यवहारिक ज्ञान, संस्कार र जस्तो सुकै परिस्थितीलाई आत्मसाथ गर्नेसक्ने क्षमताको विकास हुन्छ। संस्कृतभन्दा बाहिरी दुनियाँले गुरुकूललाई रटन्ते विद्यालयको उपमा दिने गरेका छन्। तर, गुरुकूलको वास्तविकतालाई नबुझी रटन्ते विद्यालयको उपमा दिनु मूर्खता बाहेक केही पनि होईन भन्न सकिन्छ।



मङ्गलबार ३१, असार २०७६ १०:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal