बाढी पहिरोका कारण देशभरका मुख्य १५ सडकमा अवरोध सूचीसहित

Yugnepal     648 पटक पढिएको    

बाढी पहिरोका कारण देशभरका मुख्य १५ सडकमा अवरोध सूचीसहित

काठमाडौं । अविरल वर्षाका कारण केही दिनदेखिको बाढी पहिरोका कारण देशभरका विभिन्न सडकखण्डहरुमा अवरोध देखिएको छ । सोमबार नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार देशभरका मुख्य १५ वटा राजमार्गमा बाढी पहिरोका कारण अवरोध रहेको छ । 

अहिले कालीगण्डकी नदीको पानीको बहाब बढी भएकोले बेनी जोमसोम सडकको घोप्टेभीर भन्ने ठाउँमा सडक अबरुद्ध रहेको छ । सो २७ गते दिउँसोको साढे ३ बजेदेखि नै अवरोध रहेको हो । यसलाई अझै पनि सुचारु भएको छैन । 

त्यस्तै, बाढीक कारण मनाङ जिल्लाको म्यादीखोलामा पानीको बहाब बढी भएपछि बेसिशहर मनाङ सडकखण्ड पनि अवरोध रहेको छ । ओखलढुंगा जिल्लाको सिद्धिचरण राजमार्ग पनि यतिबेला अवरोध छ । ईन्द्र सरोबरमा पानीको तह भरिएपछि केही समयमा ड्याम खोल्नु पर्ने भएकोले फाखेल हुँदै काठमाडौं आउने बाटोमा पनि अवरोध सिर्जना भएको छ ।  



सोमबार ३०, असार २०७६ ११:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.