पानीको सट्टा महि दिने बुंगलबासि गाँउमा पानी पुग्दा दंग

Yugnepal     1096 पटक पढिएको    

पानीको सट्टा महि दिने बुंगलबासि गाँउमा पानी पुग्दा दंग


 

एक बर्ष पहिला बुंगल नगरपालिका वडा नम्बर ६ झकाँडाका स्थानीय बासिन्दा गाँउमा कोहि पाउना पुग्दा पाहुनाले पानी माग्दा पानीको सट्टा महि दिने गर्दथे । तर अहिले यहाँका स्थानीय बासिन्दा पाहुँनालाई स्वागत स्वरुप पानी नै दिने गरेका छन् । केहि महिना अघि मष्टा गाँउपालि घर भएका तथा बुंगल नगरपालिका ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजना फिल्ड संयोजक राजेन्द्र बहादुर खड्का जलस्रोेतको काम गर्न गाँउ पुग्नु भयो । उनले खाने पानी माग्दा यहाँका स्थानीय बासिन्दाले महि ल्याएर दिनु भयो । उहाँ छक्क पर्नु भयो । खाने पानिको समस्या छ भनेर बुझ्न गएका खड्का यती सम्म समस्या छ भनेर उनले कल्पन सम्म गरेका थिएनन् । आफुले पानीको तिर्खा महिले मेटाएर काम काम गरेको बताए । यस्तै ६ महिना अघि मात्रै पत्रकार बसन्तप्रताप सिहँ समेत कामको सिलसिलमा सोही गाँउ पुग्नु भयो । करिब ४ घण्टाको उकालो बाटोल हिडेर उनी गाँउमा पुगे । उनले समेत गाँउ पुगे पछि पानीको माग गरे । उनले बारम्बार पानीको माग गर्दा यहाँक स्थानीय बासिन्दाले सुने नसुने जस्तै गरे । सिहँलाई थाहा थिएन गाँउमा पानीको हाहाकार छ भनेर उनले फेरी पानीको नै माग गरे । बल्ल अम्खरामा सानो पानी लिएर हातमा थमाए । त्यही पानीले तिर्खा मेटाउने काषिस गर्नु भयो । सिहँले भन्नु भयो यहाँका जनताले खानेपानी नपाएर भोक भोकै बस्नु पर्ने बाध्यता थियो पछि गएर थाहा भयो । यो समस्या यहाँका स्थानीय बासिन्दाले बर्षौ देखी खेप्दै आएका थिए । तर अहिले भने परापुर्व काल देखी खेप्नु परेको समस्या बाट छुटकारा पाए पछि सबै स्थानीय दंग छन् । खानेपानी घरमा नै पाए पछि सबैको अनुहारमा खुःसीयाली छाएको छ ।


गाँउमा पानी पुर्याउने काम बुंगल नगरपालिका ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजनाले गरेको हो । झण्डै ४५ लाखको लागतमा सोलार लिप्टीङ सिस्टम बाट झण्डै ४ सय मिटर तल बाट गाँउमा पानी पुगेको झलकपुर सोलार लिप्टीङ खानेपानी तथा सरसफाई उपभोत्ता समितीका अध्यक्ष दिपेश गुर्धामी ले बताए । उनले भने २ बर्ष लागेर खानेपानी योजना सम्पन्न भएको हो । अहिले विद्यालय सहित गाँउमा गरेर ७ वटा खानेपानीका धारा निर्माण गरिएको छ । हामीहरुले खानेपानी नपाएर कयौँ दिन त भोक भोकै बसेका छौ । अहिले भने त्यस्तो समस्या छैन । पानीका लागी राती जाग्राम बस्नु पर्ने ,पातलमा रहेको कुवा नजीकै सुत्नु पर्ने बाध्यता थियो हामीहरुले यो बाध्यता बाट छुटकारा पाएका छौ ।

गाँउ भन्दा झण्डै एक घण्टा तल पातल भन्ने ठाँउमा रहेको कुवाको पानी पिउदै आएका थियौ । स्थानीय बासिन्दा कमला गुर्धामीले भनिन् हामी जस्ता स साना बालबालीकाहरुको धेरै दिन विद्यालय छुट्ने समस्या थियो । अहिले गाँउमा नै पानिको ब्यावस्था भए पछि समयमा नै विद्यालय जान पाएका छौ । साथै उनले आफुहरु समेत पानीकै लागी राती पानीको कुवामा समेत सुतेको बताईन् । अहिले भने ठुलो समस्या बाट छुटकारा पाएको भन्दै उनले खुःसी समेत ब्यक्त गरिन् ।


गाँउमा विवाह, कुनै धर्मकर्म गर्दा कम्ता समस्या हुदै थियो । स्थानीय बासिन्दा धौली सिहँले भनीनन् बढी जस्तो महिलाहरुलाई समस्या हुन्थ्यो । कुनै पनि महिलाहरुले स साना छोरा छोरी छन् । गर्भवती छु , भन्न पाउने अवस्था थिएन । जे भए पनि पानीको जोहो गर्नु पर्ने बाध्यता थियो । गर्भवती महिला, दुःखी विरामी भएकाहरुले समेत कुवामा नै पुगेर पालो कुरेर पानीका भर्नु पर्ने बाध्यता थियो । एक गाग्री पानीका लागी कती संग पालो मिचेको भरमा झै झगडा समेत हुन्थ्यो । अहिले त्यो मन मुटाव समेत हटेको छ । अहिले सम्म पनी गाँउमा धेरै जस्तोको मुख बोला बोल सम्म छैन । यही पानीको कारण धेरैले कुटाई समेत खाएका छन् । केही बालबालीका विद्यालय जान बाट बन्चित भएका छन् । अब यी सबै समस्याको छुटकारा मिलेको छ ।
गाँउमा पानी पुगे पछि तरकारी खेती समेत संचालन
नुन संग रोटी खाएको धेरै भएको छैन । २ महिना अघि मात्रै नुन संग रोटी खाने गरेका यहाँका स्थानीय बासिन्दाहरुले अहिले आ आफ्नो करेसाबारीमा हरियो तरकारी लगाएका छन् । सुना देवि गुर्धामी भन्नु हुन्छ २।३ महिना अघि मात्रै नुन र खुर्सानि संग रोटी खाँदै मेलापात जानु पर्ने बाध्यता थियो । कोही हुने खाने ब्यक्तीहरुले मात्रै बजार बाट तरकारी किनेर ल्याउन्थे नत्र प्राय सबैको घरमा खुर्सानि र नुन संग नै रोटी खानु पर्ने बाध्यता थियो । सिचाई गर्न पानीको सुविधा थिएन । आकासे पानीको भरमा नै तरकारी लगानु पर्ने , खेतीपाती गर्नु पर्ने भएका कारण समस्या थियो । अहिले भने मैले नै करेसाबारीमा टमाटर, काँक्रा लौका रायो थुप्रै तरकारी लगाएर विक्री समेत गर्ने गरेकी छु । अलि कती आम्दानी समेत हुन थालेको बताईन् ।


विगतको दिनलाई सम्झदै विर बहादुर धामीले भन्नु भयो बल्ल आएर आफु लगायत यहाँका स्थानीय बासिन्दाले सरकार आएको अनुभुती गर्न पाएका छौ । हामी नेपाली जलस्रोतका धनी भन्न सुनेको थिए तर हाम्रो गाँउमा यत्रो समस्या हुँदा कसैको आँखा गएको थिएन । बुंगल नगरपालिका जलस्रोत ब्यावस्थापन परियोजना लागु पश्चात पानी पाएर अहिले यहाँका स्थानीय बासिन्दाहरुले सरसफाईमा समेत चाँसो दिन थालेको बताए ।
महिनाको एक पटक बल्ल बल्ल सरसफाई गर्ने यहाँको चलन नै थियो । स्थानीय बासिन्दा दिल बहादुर गुर्धामीले भने अहिले भने घर आगन सबै तिर सरसफाई गर्न सुरु गरेका छौ । एक हप्ताको एक पटक हामीहरु समेत नुहाई धुवाई तथा सरसफाई गर्ने गरेको बताए । साथै जलस्रोतले भाँडा राख्ने च्याङको समेत ब्यावस्था गरेका कारण सबैको घर आगन र यहाँका स्थानीय बासिन्दाहरुले फाटेको लुगा लगाए पनि सरसफाईमा समेत विषेश ध्यान गएको बताए ।


यता बुंगल नरपालिकाका मेयर धन बहादुर विष्टले गाँउमा पानी संचालन हुदा यहाँका स्थानीय भन्दा आफुलाई बढी खुःसी लागेको बताए । अब पानी संचालन भएको छ उनले भने यसलाई दिगो बनाउनमा यहाँका स्थानीको नै हात रहेको हुँदा विषेश यस तर्फ ध्यान दिन आवष्यक रहेको बताए ।
ग्रामीण जलस्रोत ब्यावस्थापन परियोजना जिल्ला जलस्रोत सल्लाहकार विष्णु प्रसाद पोखरेलले यहाँका जनताको समस्यालाई मध्यनजर गर्दै खानोपानीको ब्यावास्था गरेको बताए । उनले भने यहाँका महिला बालबालीका बृद्धबृद्धाहरुलाई नकै समस्यामा रहेका थिए । अब खानेपानीको समस्या बाट छुटकारा पाए पनि यसलाई दिगो बनाउनु यहाँका स्थानीयको ठुलो हात रहने र नगरपालिकाले समेत यसमा विषेश सहयोग गर्न आवष्यक रहेको बताए ।


खानेपानी पुगे पछि गाँउको नामै परिवर्तन 
गाँउमा खानेपानी नै पुगे पछि यहाँका स्थानीय बासिन्दाहरु सबै मिलेर गाँउको नाम नै परिवर्तन गरेका छन् । बर्षौ देखी गाँउको नाम झकाँडा भन्दै आएका भए पनि गाँउमा पानी सुविधा पाए पछि गाँउको नाम परिवर्तन गर्दै झलकपुर राखेका हुन् । स्थानीय बासिन्दा अर्जुन गुर्धामीले भन्नु भयो पहिले पानी नपाएर धेरै जस्तो झै झगडा र लफडा हुने गरेको थियो । अब त्यस्तो हुदैन सबैले समयमा नै पानी पिउन पाउने र सबैको घरमा प्राप्त मात्रामा पानी हुने भएका कारण झै झगडा तथा लफडा समेत नहुने भएका कारण झकाँडा नामलाई परिवर्तन गर्दै हामीहरुले गाँउको नाम नै झलकपुर राखेका हौ ।
केही बुढापाकाहरुले भने परा पुर्व कालमा देउलीकोटी राजा र पिपलकोटी राजा विच यो ठाँउमा झकडा, लफडा हुने भएका कारण यो ठाँउको नाम नै झकाँडा रहन गएको भन्ने भनाई छ । यो गाँउमा झण्डै ४१ परिवारको बसोबार रहेको छ भने ३ सय जनसंख्या रहेको छ ।



आइतबार २९, असार २०७६ ०५:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.