बौद्ध स्तुपसहित युनेस्कोले यो वर्ष घोषणा गरेका २९ नयाँ विश्व सम्पदा

Yugnepal     1102 पटक पढिएको    

बौद्ध स्तुपसहित युनेस्कोले यो वर्ष घोषणा गरेका २९ नयाँ विश्व सम्पदा

 


  
काठमाडौं, युनेस्कोको विश्व सम्पदा सूचिमा २९ ओटा नयाँ साँस्कृतिक र प्राकृतिक स्थल समावेश गरेको छ।

बाकु, अजरबैजानमा भएको वार्षिक बैठकमा युनेस्कोको विश्व सम्पदा समितिले इराकस्थित बेबिलोनको प्राचीन भग्नावशेषदेखि फ्रयाङक लोयड राइटको वास्तुकला र उत्तरपूर्वी इटालीको प्रोसेक्को क्षेत्रलाई समेत संरक्षण सूचिमा राखेको हो।

सिएनएनका अनुसार, सन् २०१९ को सूचिमा आइसल्यान्डको भ्यात्नायोकल नेसनल पार्कस अजरबैजानको ऐतिहासिक शेकी शहरजस्ता साँस्कृतिक स्थल र दक्षिणपूर्वी चीनको ल्याङझू शहरको पुरातात्विक भग्नावशेषलगायतका स्थान अटाएका छन्।

त्यस्तै, ब्राजिलको पाराटी र इल्या ग्रान्डे यो वर्ष सूचिमा अटाएको एक मात्र मिश्रित स्थान हो। यसमा प्राकृतिक र साँस्कृतिक तत्वको संयोजन छ।

अजरबैजान स् खानको दरबारसहित शेकीको ऐतिहासिक केन्द्र।

अजरबैजान स् खानको दरबारसहित शेकीको ऐतिहासिक केन्द्र।

उत्तरपश्चिम बेलायतको जोड्रल बैंक अब्जर्भेटरी सूचिमा समावेश अनौठो नाम हो। यहाँ पृथ्वीका केही अग्रणी खगोलशास्त्रीय टेलिस्कोप राखिएका छन्।
अब्जर्भेटरीको इतिहास सन् १९४५ सम्म जोडिएको छ। ब्रह्माण्डका किरण, उल्का र सूक्ष्म घटनाबारे अब्जर्भेटरीले गरेको अनुसन्धानले ब्रह्माण्ड सम्बन्धी हाम्रो बुझाइ फराकिलो पारेको छ।

समितिले अल्बानियास्थित उत्तरी म्यासेडोनियाको नेचरल एन्ड कल्चरल हेरिटेज अफ द ओह्रीद क्षेत्रको विस्तार पनि स्वीकृत गरेको छ।

सूचिमा समावेश हुन सम्पदाहरूले ‘मानवीय सिर्जनशील प्रतिभाको प्रतिनिधित्व’ वा ‘असाधारण प्राकृतिक सुन्दरता’ वा परम्परागत मानव बस्तीको अद्वितीय उदाहरणलगायतका दश वटा आवश्यकता पूरा गर्नुपर्छ।

बहराइन स् दिलमुन ब्युरियाल माउन्ड्स।

बहराइन स् दिलमुन ब्युरियाल माउन्ड्स।

युनेस्कोले सन् १९७८ देखि विश्व सम्पदा सूचि बनाउन थालेको हो। पहिलो पटक इक्वेडरको गालापागोस आइल्यान्ड, अमेरिकाका येल्लोस्टोन नेसनल पार्क र सेनेगलको आइल्यान्ड अफ गोहेलगायत १२ स्थानलाई युनेस्कोको संरक्षित सम्पदा सूचिमा राखिएको थियो।

समितिले हाल अनुमोदन नगरेको स्थान योग्य नभएको वा भविष्यमा सूचिमा नपर्ने भन्ने हुँदैन। सम्पदा सूचिमा अटाउनलाई राष्ट्रहरूले वर्षौंं लगाएर योजना बनाउँछन्। सूचिमा समावेश भएका सम्पदाको साँस्कृतिक महत्व बढ्नुका साथै पर्यटक पनि बढ्छन्।

मर्मतसम्भार र सुरक्षाका लागि आवश्यक लगानी पनि आकर्षित हुन्छ। आफ्ना सम्पदालाई सूचिमा समावेश गराउन चाहने राष्ट्रले त्यस्ता क्षेत्रलाई सुरक्षित राख्ने र आर्थिक सहायता गर्ने वाचा युनेस्को समितिसँग गर्नुपर्छ।

फ्रान्स स् फ्रेञ्च अष्ट्रल जमिन र सागर।

फ्रान्स स् फ्रेञ्च अष्ट्रल जमिन र सागर।

समितिले सन् २०१९ को सूचिमा अमेरिकाको एउटा क्षेत्रलाई राखेको छ। युनेस्कोको सदस्य राष्ट्र नभए पनि फ्रयाङ्क लोयड राइटलेबीसौं शताब्दीमा बनाएका वास्तुकला विश्व सम्पदा सूचिमा राखिएको हो।

अमेरिकाले सन् २०१९ को जनवरीमा युनेस्कोलाई इजरायल विरोधी संस्था बताउँदै सदस्यता त्यागेको थियो। युनेस्कोले प्यालेस्टाइनको पूर्ण सदस्यता स्वीकृत गरेको थियो र त्यहाँका थुपै्र स्थानलाई विश्व सम्पदा सूचिमा राखेको थियो। इजरायले पनि युनेस्कोसँग सम्बन्ध तोड्यो।

जापान स् मोजु–फुरूइची कोफुन समूह स् प्राचीन जापानको माउन्डेड टुम्ब्स।

जापान स् मोजु–फुरूइची कोफुन समूह स् प्राचीन जापानको माउन्डेड टुम्ब्स।

अमेरिकाले पहिलो पटक सन् २०१७ मा युनेस्कोबाट बाहिरिने प्रस्ताव गर्दा महानिर्देशक इरिना बोकोभाले संस्थाका लागि घाटा हुने बताएकी थिइन्।

खतरामा विश्व सम्पदा

मेक्सिकोस्थित गल्फ अफ क्यालिफोर्नियाका टापु र संरक्षित क्षेत्रलाई खतरामा रहेका विश्व सम्पदा सूचिमा राखिएको छ। जोेखिममा रहेका साँस्कृतिक र प्राकृतिक क्षेत्रलाई यो सूचिमा राखिन्छ र त्यसप्रति सबैको ध्यानाकर्षण गरिन्छ।

त्यसैगरी बेथ्लेहम, वेस्ट बैंकमा रहेको यशुको जन्मस्थललाई खतराको सूचिबाट हटाइएको छ। नेटिभिटी चर्चले गरेको मर्मतसम्भार, म्याङ्गर स्क्वायरमुनि सुरूङ नबाउने निर्णय र सो क्षेत्रको संरक्षणका लागि व्यवस्थापन योजनाका कारण यशुको जन्मस्थल सुरक्षित भएको विश्व सम्पदा समितिले बताएको छ।

स्पेन स् रिस्को काइडो र ग्रान कनेरिया साँस्कृतिक परिदृश्यका पवित्र महाड।

स्पेन स् रिस्को काइडो र ग्रान कनेरिया साँस्कृतिक परिदृश्यका पवित्र महाड।

चिलेको हम्बरस्टोन र सान्ता लोरा साल्टपिटर वर्क्सलाई पनि सूचिबाट हटाइएको छ। १५ वर्ष लगाएर गरिएको संरक्षण कार्यले अब पूर्णता पाएको विश्व सम्पदा समितिको ठहर छ।

युनेस्कोको ट्विटरबाट समितिले घोषणा गरेको नयाँ सूचि सार्वजनिक गरिएको छ ।

नयाँ विश्व सम्पदा सूचि स्

अष्ट्रेलिया स् बज बिम साँस्कृतिक परिदृश्य

अजरबैजान स् खानको दरबारसहित शेकीको ऐतिहासिक केन्द्र

बहराइन स् दिलमुन ब्युरियाल माउन्ड्स

ब्राजिल स् पाराटी र इल्या ग्रान्डे–सँस्कृति र जैविक विविधता

बुर्किना फासो स् बुर्किना फासोको प्राचीन फलाम विज्ञान

क्यानडा स्  राइटिङ–अन–स्टोन

चीन स् ल्याङझू शहरको पुरातात्विक भग्नावशेष

आइसल्यान्ड स् भ्यात्नायोकल नेसनल पार्क।

आइसल्यान्ड स् भ्यात्नायोकल नेसनल पार्क।

चीन स् येलो सि–बोहाइ गल्फ अफ चाइना, पहिलो चरणको किनारमा रहको फिरन्ते चरा आरक्ष

चेक रिपब्लिकरजर्मनी  एज्र्गेबिर्गरक्रुश्नोहोरी खानी क्षेत्र

फ्रान्स  फ्रेञ्च अष्ट्रल जमिन र सागर

जर्मनी  आग्सबर्गको पानी व्यवस्थापना प्रणाली

आइसल्यान्ड  भ्यात्नायोकल नेसनल पार्क

भारत  जयपुर शहर, राजस्थान

इन्डोनेसिया  सावाहलुन्तोको ओम्बिलिन कोइला खानी

इरान  हाइराकनियन जंगल

इराक  बेबिलोन

इटाली  प्रोसेक्को

रूसी संघ  स्कोभ वास्तुकलाका चर्च।

रूसी संघ  स्कोभ वास्तुकलाका चर्च।

जापान  मोजु–फुरूइची कोफुन समूह  प्राचीन जापानको माउन्डेड टुम्ब्स

गणतन्त्र कोरिया  सेवोन, कोरियाली नव–कन्फुसियस प्रतिष्ठानहरू

लाओस  स्यिङक्वाङस्थित ढुंगाका प्रतिमा स्थल

म्यानमार  बगान

पोल्यान्ड  जेमियोङकी प्रिहिस्टोरिक स्ट्रिप्ड फ्लिन्ट माइनिङ रिजन

पोर्चुगल  ब्रागास्थित बोम जिसस डु मोन्टे आरक्ष

रूसी संघ  स्कोभ वास्तुकलाका चर्च

स्पेन  रिस्को काइडो र ग्रान कनेरिया साँस्कृतिक परिदृश्यका पवित्र महाड

संयुक्त अधिराज्य  जोड्रेल बैंक अब्जर्भेटरी

अमेरिका  फ्रयाङ्क लोय रायटको २०औं शताब्दीको वास्तुकला।



शुक्रबार २७, असार २०७६ ११:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal