सरकारले २० अर्ब नदिए संचयकोष र नागरिक लगानीकोषको ऋण नतिर्ने नेपाल एयरलाइन्सको घोषणा

Yugnepal     664 पटक पढिएको    

सरकारले २० अर्ब नदिए संचयकोष र नागरिक लगानीकोषको ऋण नतिर्ने नेपाल एयरलाइन्सको घोषणा


काठमाडौ,  सरकारले २० अर्ब रुपैयाँ नदिए संचय कोष र नागरिक लगानी कोषको ऋण नतिर्ने नेपाल एयरलाइन्सले घोषणा गरेको छ।

नेपाल वायुसेवा निगम चालु आर्थिक वर्षमा चार अर्ब ५० करोड घाटामा जाने भएको छ। निगमका कार्यकारी अध्यक्ष मदन खरेलले चालू वर्षमा आन्तरिक उडानमा ५० करोड र अन्तर्राष्ट्रिय उडानमा  चार अर्ब घाटामा जाने प्रक्षेपण रहेको जानकारी दिए।

संसदको अर्थसमितिलाई निगमको वर्तमान आर्थिक अवस्थाका विषयमा जानकारी दिदै निगम चार अर्ब ५० करोड घाटामा जाने बताए । उनले अहिले निगमसँग २५ करोड रुपैयाँ मात्रै कोषमा रहेकोले किस्ता तिर्न नसक्ने समेत बताए।

'सरकारले २० अर्ब रुपैयाँ लगानी नगरे ऋणको किस्ता तिर्न सक्दैनौ,' खरेलले भने। निगमले प्रत्येक तीन महिनामा एक अर्ब १३ करोड किस्ता तिर्नु पर्ने भएपनि तिर्न नसक्ने बताए। असारको पनि किस्ता तिर्न नसक्ने अवस्था रहेकाे खरेलकाे भनाइ थियाे।

सरकारले २० अर्ब नदिए संचयकोष र नागरिक लगानीकोषलाई ऋणको किस्ता तिर्न नसक्ने अवस्थामा निगम पुगेको खरेलले बताए।

हाल निगमलाई सरकारले ३७ करोड मात्रै लगानी गरेको छ। तर ऋणनै ३७ अर्ब पुगेकोले सरकारले २० अर्ब पूँजी लगानी गर्नु पर्ने उनकाे भनाइ छ।



शुक्रबार २७, असार २०७६ ११:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal