के काँग्रेसमाथि पनि प्रतिबन्ध लगाउने दुस्साहस गर्दैछ सरकार

Yugnepal     726 पटक पढिएको    

के काँग्रेसमाथि पनि प्रतिबन्ध लगाउने दुस्साहस गर्दैछ सरकार

 

काठमाडौं। सरकारका प्रवक्ता, संचार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले, प्रतिपक्ष नेपाली काँग्रेसमाथि संगीन आरोप लगाएका छन्। संगीन आरोप यो अर्थमा कि उनले, नेपाली काँग्रेसलाई, सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेकपाको लगभग मतियारको रुपमा प्रस्तुत गरे।

उनले नेपाली काँग्रेसको सैद्धान्तिक धरातलमाथि समेत प्रश्न उठाउँदै रातीराती विप्लवपथमा लागेको आरोप समेत लगाएका छन्। उनले विशेष गरेर प्रवक्ता विश्वप्रकाश शर्मा मार्फत काँग्रसप्रति निशाना साँधेको देखिन्छ। उनले माओबादी सशस्त्र युद्ध कालको अबस्था हेर्न समेत काँग्रेसलाई सुझाब दिए। काँग्रसको झण्डाप्रति समेत प्रश्न उठाउँदै मन्त्री बास्कोटाले भने, “काँग्रेसको झण्डको चार तारोमध्ये एउटा तारो शान्ति र अर्को तारो लोकतन्त्रको तारो कहाँ गयोरु अर्को पनि कुरा उठानु पर्ने भो भन्दै उनले विप्लबले काँग्रेसलाई समर्थन गरेको संकेत गरे। उनले भने, ‘विप्लबको भाषा हिजोअस्ति के थियो, अहिले कस्तो भाषा छ, अल्लिपछि के हुन्छ, त्यो देखिन्छ’।

काँग्रेस प्रवक्ताको पछिल्ला अभिव्यक्ति निरन्तर रुपमा सरकारप्रति आक्रामक बनेको भन्दै उनले, काँग्रेसको नीति दिनभरी बीपी रातरभरी विप्लव हो  भनेर सोधे। 

यसकारण विषय संवेदनशिल
सरकारका प्रवक्ताले भनेको कुराको अर्थ हो  काँग्रेसले विप्लब समूहलाई ब्याकिङ गरिरहेको छ। उनले भनेका छन्, ’विप्लबसमूहलाई काँग्रेसले समर्थन गर्ने हो भने, परिबन्द आफैं पर्छ’। विप्लबप्रति काँग्रेसको आधिकारिक धारणा नै मागेका छन् उनले। अहिले विप्लब समूहमाथि प्रतिबन्ध लगाएको छ। गृहमन्त्रालयले, गत चैत १० गते सूचना नै निकालेर विप्लब समूहलाई सहयोग गर्नेमाथि समेत कार्वाही गरिने चेतावनी दिइसेकेको छ।



शुक्रबार २७, असार २०७६ ११:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal