काठमाडौं, त्रिवि शिक्षण अस्पतालका प्रा।डा। गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
चिकित्सा शिक्षा क्षेत्रको समग्र सुधारको माग गर्दै आन्दोलन गर्दै आएका वरिष्ठ चिकित्सक केसीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियाप्रति रोक्न माग गरेका हुन्।
योग्य मान्छेलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने गरी आयोगको उपाध्यक्ष छनोट गर्नु पर्ने भन्दै उनले हाल अघि बढाइएको प्रक्रिया खारेज गर्न सरकारसँग माग गरे। डा। केसीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्य क्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त गर्न सरकारलाई आग्रह पनि गरे। उनले त्यसो नगरिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए।
डा। केसीले मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय मानव अधिकार आयोगको ऐनसँग सम्बन्धित विधेयक आमनागरिकको मुख थुन्ने गरी आएको दाबी गर्दै तत्काल खारेज गर्न पनि सरकारसँग माग गरे।
प्रतिकृया दिनुहोस