अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण, सेवा बन्दको घोषणा

Yugnepal     772 पटक पढिएको    

अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण, सेवा बन्दको घोषणा

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको बताइएको छ ।     
     
 यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात हुनुका साथै अस्पतालमा तोडफोड भएको थियो ।

सो घटनापश्चात् चिकित्सक करीब एक हप्तापछि काममा फर्किएका थिए । अहिले डडेल्धुरा अस्पताल अन्य जिल्लाको पनि ‘रिफरल सेन्टर’ बनिरहेको थियो ।     
     
 बुधबार दिउँसो स्थानीय अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।     
     

आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट आकस्मिकबाहेकका सेवा बन्द गरेको घोषणासमेत गरेका छन् ।     
     
 प्रहरीले बुधबार बिहान ११ः३० बजे अमरगढी नगरपालिका–११ सल्लाघारीका रमेश खड्काको शव परीक्षणका लागि अस्पताल पु(याएको थियो ।

चिकित्सकले शव परीक्षण गरिरहेको अवस्थामा वडाध्यक्ष खड्काको नेतृत्वमा आएको भीडले चिकित्सकमाथि हातपात गरेको जनाएका छन् ।     
     
 साथै परीक्षण पूरा नभएको शवलाई नै नियन्त्रणमा लिई उक्त भीडले लगेको विज्ञप्तिमा उल्लेख छ । परीक्षण गरिरहेका चिकित्सकलाई तथानाम गाली बेइज्जतीसहित हातपात र ढुङ्गा प्रहार गरेको अस्पतालका निमित्त मेसु डा जीवन खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 



बिहिबार २६, असार २०७६ ११:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal