काँग्रेस सांसदले सभामुखको नयाँ कुरा सुन्न नमान्दा संसदमा हंगामा

Yugnepal     849 पटक पढिएको    

काँग्रेस सांसदले सभामुखको नयाँ कुरा सुन्न नमान्दा संसदमा हंगामा

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुट्दा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको छ । बुधबार दिउँसोको लागि बोलाईएको बैठकमा मंगलबार राखेकै माग दोहोर्‍याएर संसद बैठक अवरुद्ध गरेका हुन् । 

सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपाका नेतामाथि भएको ईन्काउन्टरको छानविनको लागि संसदीय समिति गठन गर्न माग गर्दै काँग्रेस र राजपाले विरोध गरेका हुन् । पटक पटक गृहमन्त्रीलाई संसदमा प्रश्न गर्दा पनि गृहमन्त्रीबाट चित्तबुझ्दो जवाफ नआएपछि काँग्रेस नेताहरुले छानविन गर्न माग गरेका छन्। मंगलबार पनि समिति गठन नभएसम्मको लागि संसद चल्न नदिने अडान राख्दै बैठक अबरुद्ध गरेको थियो । नेकपा नेता कुमार पौडेल ुइन्काउन्टरुको छानबिनका विषयमा कार्यव्यवस्था परामर्श समितिमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेपछि एकघण्टा ढिलागरी संसद बैठक बसिएको थियो । 

संसदमा सभामुख महराले नयाँ कुरा सुनाउने भन्दै पटक पटक प्रतिपक्षी सांसदलाई बस्न आग्रह गरेका थिए । उभिएर विरोध गरेका प्रतिपक्षी सा‌ंसदहरु बसेपछि मात्रै नयाँ कुरा सुनाउने भन्दै उनीहरुलाई बस्न आग्रह गरेका थिए । तर, सभामुखको नयाँ कुरा सुन्न काँग्रेस सांसदहरुले नमानेपछि सभामुखले संसदको कारबाही जवर्जस्ती अघि बढाएका थिए । प्रतिपक्षीको विरोधका बाबजुद सभामुख कृष्णबहादुर महराले बैठक अघि बढाए पछि संसदमा काँग्रेस सांसदहरुले रोष्टम घेरेका थिए । काँग्रेसको नाराबाजीका बाबजुद कारबाही अघि बढाएका महराले आगामी ३० गतेसम्मको लागि बैठक स्थगित गरेका छन् । 



बुधबार २५, असार २०७६ ०३:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal