कांग्रेसको अवरोधले रोकिएको संसद् बैठक सूचना टाँसेर भोलि १ बजेसम्मका लागि स्थगित

Yugnepal     719 पटक पढिएको    

कांग्रेसको अवरोधले रोकिएको संसद् बैठक सूचना टाँसेर भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडौं, प्रमुख प्रतिपक्षी कांग्रेसले अवरुद्ध गरेपछि केही बेरका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि सूचना टाँसेर स्थगित गरिने भएको छ । केही बेरमा सूचना टाँस्ने तयारी भइरहको सभामुखको सचिवालयले जनाएको छ।

सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार सभामुख महराको सहमतिको प्रयास आजका लागि असफल भएको छ।

उनले भने, ‘प्रतिपक्षले अवरोध गरेपछि सभामुखको पहलमा सबै दलका प्रमुख सचेतक÷सचेतकहरूको छलफलबाट आज सहमति हुने संभावना टरेपछि भोलि १ बजेसम्मका लागि सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित गरियो।

कांग्रेसले विप्लव समूहका जिल्ला इञ्चार्जको हत्याबारे गृहमन्त्री रामबहादुर थापाको जवाफप्रति आपत्ति जनाउँदै संसद् अवरुद्ध गरेको हो।



मङ्गलबार २४, असार २०७६ ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal