भारतीयलाई सीमाक्षेत्रमै क्यासिनो खेलाउन नियमावली संशोधन

Yugnepal     619 पटक पढिएको    

भारतीयलाई सीमाक्षेत्रमै क्यासिनो खेलाउन नियमावली संशोधन

 


काठमाडौं,  भारतीय पर्यटकलाई क्यासिनोमा सहज पहुँचका लागि सिमानासम्मै क्यासिनो सञ्चालनको अनुमति पाइने भएको छ।

व्यवसायीहरूले सीमा क्षेत्रमा होटल क्यासिनो व्यवसाय विस्तारका लागि क्यासिनो निमायमाली संशोधन गर्न माग गर्दै आएका थिए।

सरकारले सीमा क्षेत्रमा सञ्चालनको दूरी घटाउँदै क्यासिनो नियमावली २०७० लाई चौथो पटक संशोधन गरेसंगै सिमा नजिकै क्यासिनो संचालन गर्ने बाटो खुलेको हो। संशोधित नियमावलीमा सीमा क्षेत्रबाट क्यासिनो सञ्चालनको दूरी घटाइएको छ। क्यासिनो सञ्चालनको अनुमति दस्तुर भने बढाइएको छ।

सरकारले नियमावली संशोधन गर्दै विगतमा पाँच किलोममिटर रहेको सिमा क्षेत्रको दूरीलाई कम गर्दै तीन किलोमिटरभित्रै क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ।

सिमा क्षेत्रमा भारतीय पर्यटकहरू बिशेषगरी क्यासिनो खेल्नका लागि मात्रै आउने भएकोले पनि नियमावली संशोधन गरेर केही सहज बनाइएको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए।

सरकारले क्यासिनो दर्ताको संचालन अनुमति लिनको लागि दिइने निवेदन दस्तुर रकम पाँच लाख रुपैयाँबाट बढाएर १० लाख पुर्‍याएको छ।

इजाजतपत्रको दस्तुरसमेत बढाएर दुई करोड रुपैयाँबाट दुई करोड ५० लाख पुर्‍याइएको छ। व्यवसायीहरुले सिमाको दुरी कम गर्नुपर्ने माग गर्दै आएका थिए।

नेपालमा रहेका क्यासिनो सञ्चालन गर्न इजाजत व्यतिm वा संस्थाले क्यासिनो सञ्चालन गरेवापत वार्षिक चार करोड रुपैयाँ र आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेलको लागि वार्षिक एक करोड रुपैयाँ रोयल्टी तालुकदार मन्त्रालयलाई तिर्नुपर्ने व्यवस्था छ।

सरकारले २०७० साउनमा क्यासिनो नियमावली जारी गरेको थियो। उक्त नियमावलीको यो चौथो संसोधन भएको घिमिरेले जानकारी दिए।



मङ्गलबार २४, असार २०७६ ०१:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal