राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

Yugnepal     633 पटक पढिएको    

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

 

काठमाडौं, राष्ट्रियसभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको छ।

सोमबार बसेको राष्ट्रियसभाको बैठकले सरकारले बजेट भाषणमार्फत प्रस्ताव गरेको आगामी आर्थिक वर्षको आयव्यय समेटिएको विनियोजन विधेयक बहुमतले पारित गरेको हो। 

सरकारले गएको जेठ १५ गते आगामी आर्थिक वर्ष २०७६(२०७७ को बजेट संघीय  संसदको प्रतिनिधिसभामा प्रस्तुत गरेको थियो। राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलमा सांसदहरुले बजेट सम्बन्धमा राखेका जिज्ञासाको जवाफ सम्बन्धित मन्त्रीहरुले दिएका थितए। 

संसदमा बजेट प्रस्तुत भए लगत्तै राष्ट्रियसभामा विपक्षी दलका सांसदहरुले खर्च कटौतीको प्रस्ताव राखेका थिए। बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित गर्न बाटो खुलेको हो।

सरकारले प्रस्तुत गरेको बजेट सम्बन्धी विनियोजन विधेयकलाई मूल विधेयक मान्ने गरिन्छ। यो विधेयक पारित भएपछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छ। योसँगै सरकारले संसदमा पेश आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक ऋण तथा जमानत सम्बन्धी आश्रित विधेयकहरु पारित भएपछि बजेट पूर्णरुपमा पारित भएको मनिन्छ। राष्ट्रिय सभाको भोलिको बैठकमा बाँकी आश्रित विधेयक पारित गर्ने कार्यसूची रहेको छ।



सोमबार २३, असार २०७६ ०४:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal