देशभरका मुख्य नदीहरुको अवस्था के छ काठमाडौंका नदीहरुले सतर्कता तह पार गर्नसक्ने काठमाडौं । बर्खा लागेसँगै देशभरका नदीहरुमा आउनसक्ने बाढीका कारण धेरै नदी किनारका बासिन्दाहरु त्रसित हुने गरेका छन् । बर्खाको मध्ये अवस्थामा दैनिक पानीको बहाब बढ्दैजाँदा ध

Yugnepal     690 पटक पढिएको    

देशभरका मुख्य नदीहरुको अवस्था के छ  काठमाडौंका नदीहरुले सतर्कता तह पार गर्नसक्ने     काठमाडौं । बर्खा लागेसँगै देशभरका नदीहरुमा आउनसक्ने बाढीका कारण धेरै नदी किनारका बासिन्दाहरु त्रसित हुने गरेका छन् । बर्खाको मध्ये अवस्थामा दैनिक पानीको बहाब बढ्दैजाँदा ध

देशभरका मुख्य नदीहरुको अवस्था के छ  काठमाडौंका नदीहरुले सतर्कता तह पार गर्नसक्ने  


काठमाडौं । बर्खा लागेसँगै देशभरका नदीहरुमा आउनसक्ने बाढीका कारण धेरै नदी किनारका बासिन्दाहरु त्रसित हुने गरेका छन् । बर्खाको मध्ये अवस्थामा दैनिक पानीको बहाब बढ्दैजाँदा धेरै नदीहरुमा खतराको घण्टी बज्ने भएपनि आईतबारभने कुनैपनि नदीहरुमा त्यस्तो अवस्था नदेखिएको जलविज्ञान महाशाखाको बाढी पूर्वानुमान ईकाईले जनाएको छ । 

महाशाखाले हरेक दिन सार्वजनिक गर्ने देशभरका प्रमुख नदीहरुको बाढीको अवस्थालाई मध्यनजर गर्दा आज देशैभरका प्रायस् नदीनालाहरुमा पानीको बहाब बढ्दो क्रममा रहने बताईएको छ । जस अनुसार कोशी नदीको माथिल्लो जलाधार क्षेत्र ‍( तमोर, अरुण, दुधकोसी, तामाकोशी, सुनकोशी लगायत सबैमा आज मध्याह्नपछि भोलिसम्मै बहाब उल्लेख्य बढ्ने तर सतर्कता तह तलै रहने अनुमान गरिएको छ ।

त्यस्तै, बागमती नदी जलाधार क्षेत्रमा समेत बहाब बढ्ने र काठमाडौं उपत्यकाको क्षेत्रमा शाखा नदीहरुले साँझ पछि सतर्कता तह पार समेत गर्न सक्ने चेतावनी महाशाखाले दिएको छ । नारायणी जलाधार क्षेत्रको त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती तथा कालीगण्डकी सबैमा बहाब उल्लेख्य बढ्ने भएपनि तर सतर्कता तह तलै रहने बताइएको छ । 

पश्चिम राप्ती, बबई र भेरी नदी जलाधार क्षेत्रमा राती पछि बहाब सतर्कता तह नजिक पुग्न सक्ने बताइएको छ । कर्णाली तथा महाकाली नदीमा पानी बहाब उल्लेख्य बढ्ने तर सतहको तह भन्दा तलै रहने जानकारी पनि महाशाखाले जनाएको छ । सातैप्रदेशको चुरे तथा पहाडी क्षेत्रको स९साना खोलानालाहरुमा आकस्मिक बहाबको जोखिम देखिन्छ । खासगरी प्रदेश १, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशको चुरे क्षेत्रको खोलानालाहरुमा आकस्मिक बहाब हुने सम्भावना छ । 
 



आइतबार २२, असार २०७६ ०४:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.