काठमाडौं, काठमाडौं उपत्यकामा भूकम्प गएको छ।
शनिबार दिउँसो ४ बजेर १५ मिनेटमा काठमाडौं उपत्यका आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो। भक्तपुरको दुधपाटीलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार यो भूकम्पपछिको परकम्प हो।
भूकम्पले क्षति पुर्याएको छ कि छैन भन्नेबारे थप विवरण भने आउन बाँकी छ।
२०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पपछिको भूकम्पको पराकम्प गइरहेको छ।
प्रतिकृया दिनुहोस