काठमाडौं । प्रख्यात वैज्ञानिक अल्वर्ट आइन्सटाइनसँग एक मित्रले सोधे सापेक्षवाद के हो आइन्सटाइनले निकै सुन्दर ढंगले आफ्नो जीवनमा घटेको घटना सुनाए ।
एकपटक उनि आफ्नो दृष्टिविहिन मित्रसँग साझँको समय घुम्न गएका थिए । घुम्दै जाँदा उनीहरु एक नदिको किनारामा बस्न पुगे। नदी किनारामा केहि चिसो भइरहेको थियो। आइन्सटाइनले चिसो बढेसँगै भने,ुसायद यहाँ हामीलाई तातो दूध उपलब्ध हुन्थ्यो भने हामी तातो दूध पिएर चिसोपनालाई हटाउन सक्थ्यौ ।ु
उनका मित्र जो जन्मजात दृष्टिविहिन थिए जसले कहिले पनि दूध देखेका थिएनन् उनले भने,ुआइन्सटाइन बताउ त्यो दुध कस्तो हुन्छ जसलाई पिउदा हामीलाई चिसो कम हुन्छ
आइन्सटाइनले भने दूध सेतो हुन्छ ।
दृष्टिविहिन मित्रले भने सेतो भनेको के चीज हो
किनभने उनले कहिले पनि सेतो रंग देखेका थिएनन् । आइन्सटाइनले हाँसको उपमा दिदै सेतो रंगको व्यख्या गरे ।
तब ती दृष्टिविहिन मित्र पुन सोध्छन्,ुहाँस कस्तो हुन्छ
आइन्सटाइनले आफ्नो हातलाई टेढो बनाए सम्झाउने प्रयास गरे हाँस यस प्रकार हुन्छ । दृष्टिविहिनले आइन्सटाइनको हातलाई समाते, स्पर्श गरेपछि सोधे,ुके हाँस यस्तै हुन्छ रुु
आइन्सटाइनले हो भने, फेरी सोधे हाँस सेतो हुन्छ, तब हो भने ।
तब ती दृष्टिविहिन खुशी भए । उनले भने, अब मलाई थाहा भयो कि सेतो कस्तो हुन्छ भनेरु र उनले आफ्नो हातलाई त्यसै प्रकार टेढो मेढो बनाएर भने सेतो यस्तो हुन्छ ।
वास्तवमा सेतो न टेढो हुन्छ न सिधा हुन्छक्ष् तर ती दृष्टिविहिनको बुद्धिमा यही आयो कि यदि हास सेतो र टेढो हुन्छ भने सेतो टेढो मेढो हुन्छ होला। अर्थात जुन चीज टेढो हुन्छ त्यहि सेतो हो । यस प्रकार उनि टेढो चीजलाई सेतो सम्झिन लागे। सत्यसँग साक्षात्कार हुन सकेनन् ।
संसारलाई जब हामी भौतिक आँखाबाट अज्ञानको अध्याँरोमा हेर्छौ तब धेरै बिषय बस्तुहरु सत्य नजर आउछन् । ठुला ठुला मेसिनहरुले काम गरिरहेका छन्, पैसाले सामान किनिरहेको छ, जंगल हरियालीले भरिएको छ । यहाँ सम्मकी जुन सम्बन्ध यस धर्तीमा स्थापित हुन्छ त्यो पनि हामीलाई सत्य लाग्छ । हामी सबै शक्ति यीनै चीजहरुमाथि रहेको सम्झन्छौ ।
हामी जब रेलमा बस्छौ। कुदिरहेको रेलबाट बाहिर हेर्छौ तब रुखहरु चलिरहेको देख्छौ । आखाँले यसको प्रत्यक्ष अनुभुति गर्छौ कि रुख चलिरहेको छ । घर चलिरहेको छ र हामी एक स्थानमा स्थीर छौ ।
तर हाम्रो बुद्धि भन्छ (ुअरु चलेका हैनन्। त रेलमा बसेको छस् यात्रा त गरिरहेको छस् । यी रुखहरु कसरी यात्रा गर्न सक्छन् रुु
जब हामी कारमा बसेर कतै जान्छौ तब जमीन चलिरहेको देख्छौ तर वास्तवमा जमीन चलिरहेको छैन। हामी चलिरहेका छौ ।
सापेक्षताको सिद्धान्त ९त्जभयचथ या चभबितष्खष्तथ० को अध्ययनमा मानवले देख्ने धेरै वस्तुहरु मायावी छन् भन्ने कुराहरु थाहा पाउन सकिन्छ । अर्थात जे हामी आखाँबाट अनुभव गर्छौ त्यो पनि सबै सत्य छैनन् ।
यसै प्रकार हाम्रो उपनिषदहरुमा दुई प्रकारका विद्याहरुको वर्णन गरिएको छ । परा विद्या र अपरा विद्या । हाम्रा वेद पुराण उपनिषद आदि धर्मशास्त्रहरु छन् यी सबै अपरा विद्या अन्तर्गत पर्छन् । यहाँसम्म कि संसारका सबै विषयहरुको ज्ञान बोलिचालिका भाषा कल्पना यी सबै अपरा विद्या अन्तर्गत पदर्छन् ।
तर जुन परा विद्या छ त्यो मन बुद्धि इन्द्रियहरुको बिषय होइन। मन बुद्धि इन्द्रियहरु भन्दा बाहिरको विद्या हो र केवल मात्र त्यस परा विद्याद्वारा नै त्यस परमपिता परमात्माको प्रत्यक्ष अनुभूति गर्न सकिन्छ । यसैलाई आत्मज्ञान भनिन्छ ।
जब हाम्रो हृदयमा परमात्माको ज्ञानको सूर्यको उदय हुन्छ र त्यसको प्रकाशमा जब हामी देख्न थाल्छौ तब सबै थाहा हुन्छ कि संसारका यी धेरै चीजहरु सत्य होइनन् । यिनिहरु चन्द्रमा जस्तै स्वत प्रज्वलित छैनन, स्रोत बिहिन छन् । यि भित्र चैतन्यको शक्ति छैन । यी त केवल एक सिसा समान हुन् ।
हामी भित्र जुन सत्य छ, जुन परमात्माको शक्ति छ, त्यसको किरण यिनिहरुमा ठोक्काएर हामी जब हेर्छौ तब हामीलाई यस्तो आभाष हुन्छ कि यो माया सत्य हो । हामीलाई संसार भित्रका क्रियाकलापहरु सत्य नै लाग्छन्। तर बास्तवमा यी सबै सत्य होइनन् ।
bbbbbbbb
प्रतिकृया दिनुहोस