गोदावरी नगर उपप्रमुखले ब्यक्तिगत तर्फबाट नगद तथा जिन्सी सामाग्री विद्यालयलाई हस्तान्तरण

Yugnepal     742 पटक पढिएको    

गोदावरी नगर उपप्रमुखले ब्यक्तिगत तर्फबाट नगद तथा जिन्सी सामाग्री विद्यालयलाई हस्तान्तरण


सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला गोदावरी नगरपालिकाको वडा न। १० को सितापुर ओलानीमा रहेको जानकी मा।वि।मा एक औपचारिक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका उप प्रमुख रत्ना कडायतले बिभिन्न शिर्षकका कार्यक्रमहरुबाट प्राप्त गरिएको भत्ताबाट दशओटा सिलिङ पङ्खा, ५ हजार नगद सहित हस्तान्तरण तथा उपलब्ध गराउनु भएको छ । उक्त कार्यक्रमको अध्यक्षता विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष डबल बिक रहेका थिए भने प्रमुख अतिथी गोदावरी नगरपालिकाका उप प्रमुख रत्ना कडायत रहनु भएकी थिईन र कार्यपालिका सदस्य, वडा सदस्य, स्थानिय बुद्धिजीवी, शिक्षकहरु अतिथी रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कडायतले भन्नु भयो, गोदावरी नगरपालिकाका भित्र सबै भन्दा बढी समस्याको ओझेलमा रहेको भौतिक संरचनाहरु देखि लिएर आर्थिक हिसावले पनि कमजोर रहेकाले केही मैले दिएको सानो सहयोगले यस विद्यालयका नानी बावुहरुलाई पठन पाठन गर्न सहज हुने हेतुले ब्यक्तिगत तर्फबाट यस बिद्यालयलाई सहयोग गरेको उहाँले बताउनु भयो ।

यस विद्यालयका लागि कहिले पनि सहयोगका कुराहरुमा अहोरात्र भए पनि लागि पर्ने र यस विद्यालयका भौतिक संरचनाहरु जिर्ण भएकाले यसका लागि पनि स्थानिय तहवाट हुने सहयोग प्रदेश सरकारका बिभिन्न योजनाहरुमा जानकी मा।वि।लाई प्राथमिकतामा राखेर अगाढी बढाउने, शिक्षकको संख्या पनि न्यून रहेकोले समायोजनका लागि पहल गर्ने कुरा नगरपालिका उपप्रमुख कडायतले जानकारी दिनु भयो ।

उक्त सामाग्री र नगद ५ हजार कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष र स।प्रधानाध्यापकलाई हस्तान्तरण गर्नु भएको छ ।



बिहिबार १९, असार २०७६ ०४:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal