सार्वजानिक सवारी साधन राति १० बजेसम्म चलाउनु पर्न

Yugnepal     667 पटक पढिएको    

सार्वजानिक सवारी साधन राति १० बजेसम्म चलाउनु पर्न

 

 काठमाडौं महानगरपालिकाले राति १० बजेसम्म गाडी चलाउनु पर्ने कानुन ल्याएको हो।

यससम्बन्धी व्यवस्था गर्न बनेको ऐनलाई महानगरले राजपत्रमा प्रकाशित गरेको छ। ‘कानुन बनाएर राजपत्रमा प्रकाशित गरेका छौं। अब संघीय सरकारसँग छलफल  गरेर तत्काल लागु गर्छौं,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले काठमाडौंप्रेससँग भने।

सवारी तथा यातायात व्यवस्थासम्वन्धी ऐनमा फागुनदेखि असोजसम्म बिहान ५ देखि राति १० बजेसम्म र कात्तिकदेखि माघसम्म राति ९ बजेसम्म सार्वजनिक सवारी साधन संचालन गर्नुपर्ने उल्लेख छ।

त्यस्तै, सार्वजनिक यातायातले यात्रुको सहजताको लागि दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक रुपमा मान्य हुने टिकटहरु जारी गर्नु पर्ने छ।

बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, जनआन्दोलनका घाइते, शहीद परिवारका सदस्यलाई छुटसहितको टिकट प्रदान गर्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ।

यसमा सजायको पनि व्यवस्था गरिएको छ। यसलाई लागू नगरे पहिलो पटक एक हजार, दोस्रो पटक दुई हजार र त्यसपछि प्रत्येक पटक पाँच हजार जरिवाना गरिनेछ।



बुधबार १८, असार २०७६ ०४:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal