सर्पको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु

Yugnepal     875 पटक पढिएको    

सर्पको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु

 

डोटी, । सर्पको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ ।

शिखर नगरपालिका वडा नं। २ को कालागाड बस्ने रामबहादुर कार्कीकी श्रीमती ४२ वर्षीया जमुनादेवी कार्कीको बुधबार मृत्यु भएको हो ।

बिहान ९ बजेतिर खेतमा काम गर्न जाने क्रममा सर्पले टोक्दा उनको उपचारका लागि सवा ११ बजेतिर सुजङ्ग अस्पताल राजपुरमा पुर्याइएको र थप उपचारका लागि नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार गराउने क्रममा डेढ बजेतिर उनको मृत्यु भएको हो।

प्रहरी मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरिक्षक सुरेन्द्र बमको टोली मृत्यु भएको स्थलतर्फ गइसकेको जनाइएको छ ।



बुधबार १८, असार २०७६ ०२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal