अछाममा बस दुर्घटना, १५ घाइते

Yugnepal     797 पटक पढिएको    

अछाममा बस दुर्घटना, १५ घाइते

अछाम,  अछामको साँफेबगर नगरपालिका–२ को झकालेमा आज बिहान बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको छ।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको अछाम जिल्ला प्रहरी कार्यालयका डिएसपी जनकबहादुर शाहीले बताए। घाइतेको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।

बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।



बुधबार १८, असार २०७६ ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal