१ लाख बत्ती बालेर गिरिजाप्रसादको जन्मजयन्ती मनाउँदै कांग्रेस

Yugnepal     962 पटक पढिएको    

१ लाख बत्ती बालेर गिरिजाप्रसादको जन्मजयन्ती मनाउँदै कांग्रेस

१ लाख बत्ती बालेर गिरिजाप्रसादको जन्मजयन्ती मनाउँदै कांग्रेस


काठमाडौं । कांग्रेसले स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीमा लाखबत्ती बाल्ने भएको छ । कांग्रेस पूर्वसभापति एवंम नेपालको पटक पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका कोइरालाको जन्मजयन्तीको अवसरमा चितवन कांग्रेसले नारायणी नदी किनारमा लाखबत्ती बाल्न लागेको हो ।

उक्त लाख बत्ती बाल्न कांग्रेस सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु थालिएको चितवन कांग्रेसले जनाएको छ । संयोजक गुरुङका अनुसार दुई सय पालामा एक लाखभन्दा बढी बत्ती बाल्ने तयारी गरिएको छ । यससँगै नारायणी किनारमा हुने गण्डकी नारायणी संरक्षण महाआरतीको बुधबारको खण्ड कोइरालाको नाममा समर्पित गरिने र यसका लागि लाग्ने सम्पूर्ण खर्च काँग्रेस चितवनले बेहोर्न लागेको महाआरतीका सल्लाहाकार टङ्कनाथ पौडेलले जनाए । उक्त लाखबत्ती र दीप प्रज्वलनमा काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा मीनेन्द्र रिजाल सहभागी हुने भएका छन् ।

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्ना स्व नेताको सम्झनामा लाखबत्ती बालेर पहिलो पटक जन्मदिन मनाउन लागिएको बताए । स्वर्गीय कोइरालाले जंगलमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभाको निर्वाचन गराउन सफल भएका थिए ।  न्यु संचार बाट 
 



मङ्गलबार १७, असार २०७६ ०३:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal