नेपाल वायुसेवा निगम निःशुल्क स्वास्थ्य शिविर चलाएजस्तो भयो  प्रधानमन्त्री

Yugnepal     664 पटक पढिएको    

नेपाल वायुसेवा निगम निःशुल्क स्वास्थ्य शिविर चलाएजस्तो भयो  प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा आलीले विमान उडाएर पैसा नकमाउने नेपाल वायुसेवा निगमलाई पैसा दिन नसक्ने बताएका छन् । उनले निगमलाई निःशुल्क स्वास्थ्य शिविरजस्तो नचलाएर व्यापार गर्न आग्रह गरेका हुन्।

निगमको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘निगम व्यवस्थापनको उचित व्यवस्था नभएसम्म उसलाई खुरुखुरु पैसा दिन मिल्दैन । अहिले ३७ अर्ब माग्छ, अनि दियो भने अर्को साल फेरि ३७ अर्ब माग्छ। यसरी सधैं पैसा दिइरहनेरु भएका विमान उडाएर आम्दानी गर्नु छैन, पैसामात्र मागिरहनेरु’

प्रधानमन्त्रीले ६१ वर्ष पूरा गरेको संस्थाले अहिलेसम्म आत्मनिर्भर हुन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै भने, ‘निगमको वार्षिकोत्सव सफल हुन्छ तर निगमको सफलता त्यति सजिलो छैन । ६१ वर्ष पूरा गरेको संस्थाको प्रगति ३७ अर्ब ऋण रु यही हो सफलता रु उड्डयन क्षेत्र दान पुण्य र समाजसेवाका लागि मात्र काम गर्ने क्षेत्र होइन, यसले व्यापार पनि गर्नुपर्छ। यो निःशुल्क स्वास्थ्यशिविर चलाएजस्तो क्षेत्र पनि होइन।’

निगमले छ वटा चिनियाँ विमान र दुईवटा वाइडबडी विमान किनेको तर त्यसलाई उच्चतम उपयोग गर्ने गरी सञ्चालन गर्न नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘विमान किन्न सक्ने, पाइलट र गन्तव्य व्यवस्था गर्न नसक्नेरु जहाज किन्नुअघि नै यसबारे तयारी गर्नु पर्दैनरु’

प्रधानमन्त्री ओलीले निगमको जापान उडानको तयारीबारे पनि असन्तुष्टि व्यक्त गरे। उनले भने, ‘अहिले निगमले जापानको ओसाका उडानको गरेको रहेछ। ओसाका होइन, नारितामा उडान गर्नुस् । युरोपियन देशहरुमा उडानको तयारी गर्नुस् । सरकारले निगमलाई सहयोगमात्र होइन, काँधै थाप्ने छ।’

प्रधानमन्त्री ओलीले नेपाल वायुुसेवा निगमले विमान किनेर विमानस्थलमा थन्क्याउने कार्यको पनि विरोध गरे । उनले भने, ‘किनिरहने तर उडाउन नसकेर एयरपोर्टमा लडाएर राख्नेरु निगमसँग अझै यति धेरै जहाज छन् । आकाशमा होइन, सबै जमीनमा छन्। जहाज र त्यसका इञ्जिन मर्मत गर्नुस्, स्पेयर पार्ट्स किन्नुस्, चुस्त–दुरुस्त राख्नुस् अनि गन्तव्य खोज्नुस्।’

प्रधानमन्त्री ओलीले लामो दूरीमा उडान गर्नुपर्ने वाइडबडी एक–डेढ घन्टाको दुरीमा उडाएर कहिल्यै फाइदा नहुने पनि बताए।

प्रधानमन्त्री ओलीले उडान सुरक्षामा खेलाँची नगर्न तथा नीति, नियम अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्न पनि निगम व्यवस्थापनलाई चेतावनी निर्देशन दिए।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेश गर्नु पर्ने र त्यसलाई कार्यान्वयन गर्ने दृढता पनि हुनुपर्ने बताए।

आकासमा उड्नु पर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘एकपटक एयरर्पोटमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें, नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि१,’ केही समय अघिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन्। उडेका भए सबै जहाज आकासमा हुन्थे। निगम पनि नाफामा जान्थ्यो।’

निगमका निर्णयहरु हचुँवाका भरमा हुने गरेको प्रधानमन्त्रीले बताए। ‘गन्तव्य कहाँ हो थाहा छैन वाइड बडी किनेको छ, पाइलट छैन जहाज किनेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस प्रकारका निर्णयले निगम धरासायी हुदै गएको हो।’



सोमबार १६, असार २०७६ १२:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal