प्रेमीसँगको मिलेमतोमा १२ लाख ुसुपारीु दिएर आमाको हत्या

Yugnepal     703 पटक पढिएको    

प्रेमीसँगको मिलेमतोमा १२ लाख ुसुपारीु दिएर आमाको हत्या

 
काठमाडौं,  प्रेमीसँग मिलेर छोरीले आमाको हत्या गराएको खुलेको छ। प्रहरीले हिजो भक्तपुरको चागुनारायण नगरपालिका–७ बासबारीमा ६१ वर्षीया सावित्री भट्टराईको उनकै छोरीले हत्या गर्न लगाएको सार्वजनिक गरेको छ।

हिजो दिउसै घाटी रेटेर हत्या गरिएकी शावित्रीको उनकै छोरी ईश्वरीको संलग्नता देखिएको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाका अनुसार, ईश्वरी शावित्रीकी कान्छी छोरी हुन्। उनी छोरीज्वाइँसँगै बस्दै आएकी थिइन्।

ईश्वरी भक्तपुरकै गार्मेन्ट उद्योगमा काम गर्छिन्। त्यही गारमेन्ट उद्योगमा काम गर्ने सिरहाको कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद र ईश्वरी प्रेममा थिए। यो उनकी आमा शावित्रीले थाहा पाएकी थिइन्।

शावित्रीको हत्यामा पक्राउ परेका मोहम्मद नौसाद, भोला कुमार र मोहम्मद रहिश।

शावित्रीको हत्यामा पक्राउ परेका मोहम्मद नौसाद, भोला कुमार र मोहम्मद रहिश।

त्यसपछि उनलाई मार्ने योजना बनेको प्रहरी अनुसन्धानमा खुलेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताए।

उनका अनुसार, ईश्वरीले पनि मोहम्दसँग प्रेमसम्बन्ध रहेको स्वीकारेकी छन्। आमाले थाहा पाएपछि मार्ने योजना भनेको उनले बताएको प्रहरीको भनाइ छ।

त्यसपछि ईश्वरीले आफ्ना प्रेमी मोहम्मदलाई आमालाई मार्नुपर्ने बताएकी थिइन्। उनले एक्लै मार्न नसक्ने भएकाले भारतबाट दुई जना साथी मगाएका थिए।

उनीहरूलाई १२ लाख रुपैयाँ दिने सहमति भएको प्रहरी अनुसन्धानमा खुलेको छ। त्यसपछि भारतबाट आएका नागरिक अर्जुन कुमार भन्ने भोला कुमार र मोहम्मद रहिशले शावित्रीको हिजो हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरीले ईश्वरी, उनका प्रेमी मोहम्मद र भारतबाट आएका दुवै जनालाई पक्राउ गरेको छ। ईश्वरीलाई भक्तपुरबाट र उनका प्रेमी मोहम्मदलाई धादिङको गजुरीबाट हिजो साँझ सात बजे पक्राउ गरेको थियो।

त्यस्तै, भारतबाट आएका भोला कुमार र मोहम्मद रहिशलाई आज बिहान ३ बजे मकवानपुरबाट पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताए।



सोमबार १६, असार २०७६ १२:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.