कैलाली जिल्ला गोदावरी नगरपालिका वडा न। ८ फलकपुरमा आयोजित असार १५ को धानखेती कार्यक्रमको आयोजना सालघारी आई।पि।एम। कृषक समूहले गरेको थियो । उक्त कार्यक्रमको सभा अध्यक्षता सालघारी आई।पि।एम। कृषक समूहकी अध्यक्ष राज कुमारी चौधरीले गरेकी थिईन र प्रमुख अतिथीमा गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिंह साउँदले गर्नु भएको थियो , साथै विशिष्ट अतिथीमा गोदावरी नगरपालिकाकै नगर उप प्रमुख रत्ना कडायत ले गरेकी थिईन । अतिथीमा नेकपा का कैलाली जिल्ला सदस्य खम्ब बुढा र अखिल नेपाल महिला संघ कैलाली की अध्यक्ष गीता सोराडी र वडा न। १ वडा अध्यक्ष शर्मानन्द भट्ट , वडा न। ५ का वडा अध्यक्ष कर्ण बहादुर बोहरा र कार्यपालिका सदस्य लगायतका अतिथी रहनु भएको थिए ।
उक्त कार्यक्रममा बिभिन्न संघसंस्था प्रतिनिधीहरुको उपस्थीमा भएको थियो । ‘धान खेतीमा प्रविधि र यान्त्रिकरण चामल आयातमा न्यूनिकरण’ भन्ने नाराका साथ गोदावरी नगरपालिकाका नगर प्रमुख तथा यस कार्यक्रमका प्रमुख अतिथी साउदले ब्यानर पढी, दिप प्रजोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी साउँदले देशका विभिन्न ठाउँहरुमा १६ औं राष्ट्रिय धान दिवसमा बिभिन्न प्रदेशका मन्त्री, सांसद र स्थानिय तहका जनप्रतिधीहरु आ(आफ्नै क्षेत्रमा सफलताका साथ धान दिवस मनाउदै छन । हामी हरुले यस क्षेत्रमा रहेका उर्भर भुमीलाई सदुपयोग गरी कृषि प्रणालीलाई प्राथमिकतामा राखी नगरपालिका अगाढी बढी रहेको र कृषि क्षेत्रलाई उद्यमशिलताको माध्यमबाट सबैलाई सफल कृषक बनाउने हाम्रो हाम्रो लक्ष्य रहेको छ । यस्तै धान दिवस मात्र नभई अब हामी हरुले आगामी दिनमा हरियाली नगर दिवस बनाउने उद्धेश्यका साथ हामीहरुले अगाढी बढ्न सम्पूर्ण कृषक समूहका अग्रज ब्यक्ती सँग आ(आफ्नो क्षेत्रबाट कृषी सम्बन्धी प्रयोजनाहरु ल्याउन नगरप्रमुख साउदले बताउनु भएका छन ।
उक्त कार्यक्रममै गोदावरी नगरपालिकाकी उप प्रमुख तथा बिशिष्ट अतिथी रत्ना कडायतले पनि कृषि क्षेत्रमा लाग्नु भएका दाजुभाईका बर्तमान समस्यालाई केन्द्रित भएर मल खाद, डिजेल देखि उन्नत जातमा बिउ बिजन उपलब्ध गराउनमा नगरपालिका कृषककै लागि खटिरहेको बताएकी थिईन । साथै यस क्षेत्रको विकासका लागि कृषि पेशालाई मात्र सिमित नरामी कृषि सँगै छोटो अबधीमै उपलब्धी मुलक चिजबस्तु उत्पादन गर्न सकिने च्याउ खेती, तरकारी खेती लगायतका अन्य खेतीहरु पनि गर्न सकिने कुराउहाँले बताएकी थिईन ।
साथै अतिथीमा रहनु भएकी अखिल नेपाल महिला संघ कैलाली की अध्यक्ष गीता सोराडीले भनिन यस क्षेत्रमा रहेका कृषकले परम्परागत खेतीलाई पन्छाई आधुनिक प्रबिधीको प्रयोग गरी बढी भन्दा बढी उत्पादनशिल तालिमहरुको प्रशिक्षण दिई यहाँका कृषकहरुलाई आय आर्जन मुखी बनाउनमा स्थानिय सरकार, प्रदेश सरकारको अहम भुमिका रहनु पर्ने र यस क्षेत्रका बिभिन्न शिरहरुबाट बगि रहेका ठुल(ठुला खोला नदीलाई छिटो भन्दा छिटो तडबन्धन गरेमा ढुक्कका साथ यस क्षेत्रका बासिन्दा लाभन्बित हुने कुरा उहाँले बताईन । र गोदावरी नगरपालिकाका र प्रदेशका बिभिन्न जिल्लाहरुमा १६ औं धान दिवस भब्यताका साथ मनाईदै छ ।
प्रतिकृया दिनुहोस