यो साता शेयर बजारको अवस्था के होला

Yugnepal     672 पटक पढिएको    

यो साता शेयर बजारको अवस्था के होला


काठमाडौं, असार १५  यो साता नेप्से परिसूचक १२६४ दशमलब ३६ बिन्दुमा खुलेको थियो भने १२६५ को उच्च बिन्दु बनाएको थियो । त्यस्तै गरि ‘इन्ट्राडे’ न्यून बिन्दु १२५३ दशमलब ०१ थियो भने बजार १२५७ दशमलब १५ बिन्दुमा बन्द भएको थियो। यो अघिल्लो साताभन्दा ० दशमलव ५७ प्रतिशतको गिरावट हो।  यो साता पांच कारोबार दिनमा २ अर्ब ५२ करोड ३० लाख बराबर रकमको शेयर कारोबार भएको छ। 

प्राविधिक बिश्लेषण 
 साप्ताहिक मैनबत्ती प्रवृत्ति

विगत ११ महिनादेखि बजारको उतारचडाब कस्तो रह्यो भनि हेर्नलाई चित्र नं। १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरुलाई प्रयोग गरिएको छ । अघिल्लो साताको विश्लेषणको निश्कर्ष अनुसार समग्रमा हेर्दा यदि बजार १२७२ भन्दा भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने र अर्को तत्कालिन मुख्य प्रतिरोध १२८० देखि १३०० को क्षेत्रमा रहेको र तत्कालिन टेवा १२५० को क्षेत्रमा रहेको भनिएको थियो। यो साता बजारको उतारचडाब यी माथि उल्लेखित प्रतिरोध र टेवामा सिमित रहेको छ।  
यो साताको मैनबत्ती आकृतिले बजारमा लगानीकर्ताहरुको सहभागिता कम र अन्योल अवस्थामा रहेको देखिन्छ। 

चित्र नं।२, दैनिक मैनबत्ती प्रवृत्तिले गत ९ कारोबार दिन देखि बजार प्रवृत्तिहिन रहेको र हाल टेवा क्षेत्रमा रहेको संकेत गरेको छ। बजार हाल प्रवृत्तिहिन भएकोले लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको जनाएको छ।

यो साता पनि १४ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज ९ईएमए०भन्दा नेप्से प्रवृत्ति तल रहेकोले बजार अझै पनि घट्दो प्रवृत्तिमा  रहेको देखिन्छ। एमएसिडिको प्रवृत्तिले बजार नकारात्मक क्षेत्रमा रहे पनि बजारमा माग केहि बढेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ।
 
हालसम्म नेप्सेको प्रवृत्तिहरु र सूचकहरुले मिश्रित संकेत गरेको छ। हाल बजार टेवा क्षेत्रमा रहेको तर निश्चित रुपमा बजार सकारात्मक भै हाल्ने बलियो संकेत भने दिएको देखिन्दैन। समग्रमा हेर्दा यदि बजार १२६७ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने र अर्को तत्कालिन मुख्य प्रतिरोध १२८० देखि १३०० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२५२ भन्दा तल रहेमा बजार अझ केहि सच्चिन सक्ने देखिन्छ।



आइतबार १५, असार २०७६ ११:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal