विश्वामित्र र वशिष्ठ ऋषि
काठमाडौं । विश्वामित्रलाई मानिसहरु राजर्षी भन्थे । उनले ठूलो तपस्या गरेर अणिमा, लघिमा, गरिमा आदि अनेकौ सिद्धी प्राप्त गरेका थिए । तरपनि उनलाई सबैले राजर्षी भन्थे । उनले एक दिन विद्वत मण्डलीलाई सोधे,ुमैले यति धेरै तपस्या गरे, कति धेरै अमोध वरदानलाई प्राप्त गरे, फेरी पनि तिमिहरु मलाई राजर्षी भन्छौ ब्रम्हर्षी किन भन्दैनौ रुु सबैले भने,ुऋषिवर १ यदि वशिष्ठ महाराजले तपाईलाई ब्रम्हर्षी भन्नुभए हामी सबै तपाईलाई ब्रम्हर्षीको रुपमा स्विकार गर्नेछौ ।ुयो सुनेर विश्वामित्र वशिष्ठ महाराज भएको ठाँउमा गए। तब वशिष्ठ ऋषिले भने,ुआउनुहोस राजर्षी बस्नुहोस ।ु राजर्षी शब्द सुन्ने बित्तिकै विश्वामित्रको क्रोधको पारो बढ्यो, उनि भित्र अहंकार प्रकट भयो । उनि सोच्न थाले,ुयी वशिष्ठ मलाई राजर्षी भनिरहेका छन् ब्रम्हर्षी भनिरहेका छैनन् यसैकारण म ब्रम्हर्षीको पदबाट बन्चित छु ।ु
विश्वामित्र क्रोध र प्रतिशोधको अग्निमा जल्न थाले। सोहि क्रोधमै उनले वशिष्ठको सय छोराहरुको वध गरे। अन्तमा उनि वशिष्ठलाई पनि मार्न अग्रसर भए ।
रात्रिको समयमा विश्वामित्र कुटिको पछाडि लुकेर वशिष्ठलाई मार्नको लागि अवसरको प्रतिक्षा गर्न थाल्छन्। सोच्छन् न वशिष्ठ रहनेछ न मलाई राजर्षी भन्ने कोहि रहनेछ । कुटिभित्र वशिष्ठ बसिरहेका थिए। पत्नी अरुन्धती पनि वशिष्ठकै साथमा थिइन् । आकाशमा रहेको चन्द्रमा हेर्दै अरुन्धती भन्छिन,ुमहाराज आज चन्द्रमा निकै सितल छ, रात्रीको राजा चन्द्र कति धेरै चम्किएका छन्। कति रमाइलो लागिरहेको छ ।ु
वशिष्ट भन्छन्, ुअरुन्धती यो चन्द्रमाको प्रकाश विश्वमित्रको तेजको समक्ष केहि पनि होइन। जसरी रात्रीमा यो चन्द्रमा चम्कन्छ त्यसै प्रकार हामी बिचमा विश्वमित्रजीको प्रकाश पनि चम्किरहेको छ वास्तवमा उहाँ महान हुनुहुन्छ।ु
वषिष्ठकै हत्या गर्न कुरिरहेका विश्वामित्र उनका गुप्त वार्तालाप सुनेर छक्क परे। सोचे यीनका सय पुत्रको वध गरे तर पनि आफ्नो गुप्त वार्तालाभमा आफ्नो पत्नीसँग मेरो प्रशंसा गरिरहेका छन् । उनलाई लाग्यो वास्तवमा वशिष्ठ ईर्ष्याको योग्य नभइ श्रद्धाको योग्य छन् । सो संवाद सुनेपछि उनको हृदय परिवर्तित भयो। आक्रोशले जलेको हृदयमा पश्चातापको दियो जल्यो। उनि गएर वशिष्ठ महाराजको अघि तलवार राख्दै भन्छन्, ुमहाराज म ठुलो अपराधी हुँ मैले तपाईको सय पुत्र मारेर म यहाँ तपाईको वध गर्ने उद्देश्यबाट आएको थिए । तर तपाईको मुखबाट मेरो प्रशंसा सुनेर म निकै लज्जित भए । म आफुले आफुलाई ठूलो अभागी मान्छु। मैले तपाईको पुत्रहरुका साथ ठूलो दुष्कर्म गरे ।ु
यस प्रकार प्रायश्चितको भाव जब विश्वामित्र भित्र आयो, उनि अहंकारहीन भए। त्यस्तो परिवर्तन देखेर वशिष्ठजी महाराज ुआउ ब्रम्हर्षीु भन्दै विश्वामित्रलाई अँगालो हाल्छन् । भन्नुको अभिप्राय व्यक्ति जबसम्म अहंकारहीन हुदैन तबसम्म त्यस महान अवस्थालाई प्राप्त गर्न सक्दैन। त्यसैले अहंकारलाई समाप्त गर्न जीवनमा अति आवश्यक छ ।
भगवान श्रीकृष्ण जब बाल्यकालमा लिला गर्नुहुन्थ्यो तब एक लिला उहाँलाई निकै प्रिय लाग्थ्यो । गोपिनीहरुको दहिले भरिएको मट्का फोड्न श्रीकृष्णलाई प्रिय लाग्थ्यो। तर यो खेल मात्र थिएन सन्देश पनि थियो । गोपिनीहरूको अभिमान तोड्नु पनि थियो ।
त्यसो त व्यक्तिसँग जे धन हुन्छ, कमाइ हुन्छ त्यसमाथि उसको निकै अहंकार हुन्छ । गोपिनीहरु पनि निकै गर्वसँग हाम्रो गोकुलको दुध दहि छ सबैभन्दा उत्तम रहेको बताउँथे। पैसा आर्जन गर्न घरमा कम खाएर सबै बेच्ने गर्थे ।
भगवान श्रीकृष्ण दुध दहिबाट भरिएको ती माटोको भाडो फोड्नुहुन्थ्यो जसको आध्यात्मिक अभिप्राय गोपीनिहरुको अभिमानलाई तोड्नुसँग थियो, व्यक्तिलाई पतन उन्मुख गराउने त्यस अहंकारलाई समाप्त गर्नुसँग थियो।
प्रतिकृया दिनुहोस