सर्वोच्चद्वारा सांसदलाई ६ करोड रुपैयाँ दिनुको कारण माग

Yugnepal     769 पटक पढिएको    

सर्वोच्चद्वारा सांसदलाई ६ करोड रुपैयाँ दिनुको कारण माग

 

काठमाडौं,   सर्वोच्च अदालतले सांसदलाई ६ करोड रुपैयाँ विनियोजन गर्नुको कारण मागेको छ। 

शुक्रबार संवैधानिक इजलासले सांसदहरुले खर्च गर्न पाउने गरी ६ करोड रुपैयाँ दिनुको कारण सात दिनभित्र पेश गर्न आदेश दिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको इजलासले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, संसद सचिवालय, प्रतिनिधिसभा र राष्ट्रियसभासँग सांसदहरुलाई ६ करोड रुपैयाँ बजेट विनियोजन गर्नुको कारण जवाफ मागग गरेको हो।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष निर्वाचित सांसदहरुले खर्च गर्न पाउने गरी ६ करोड रुपैयाँ विनियोजन गरेको छ। तर, सांसदहरुलाई बजेट दिनु संविधान विपरीत भएको भन्दै अधिवक्ता पारसमणि भट्टराईले गत शुक्रबार रिट दायर गरेका थिए।
 



शुक्रबार १३, असार २०७६ ०४:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal