जी २० का लागि राष्ट्रपतिको सुरक्षामा उड्दै गरिएको जहाजमा छापा, भेटियो ३९ किलो कोकिन

Yugnepal     701 पटक पढिएको    

जी २० का लागि राष्ट्रपतिको सुरक्षामा उड्दै गरिएको जहाजमा छापा, भेटियो ३९ किलो कोकिन

 

टोकियो । ब्राजीलका राष्ट्रपति जैर बोल्सोनारो ड्रग्स विरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता गरेर सत्तामा आएका थिए । तर अहिले यस्तो भेटिएको छ कि उनले सबैभन्दा पहिले आफ्नै सवारीका सदस्यहरुबाट यसको सुरुवात गर्नुपर्ने भएको छ । 

राष्ट्रपति जैरको सवारीका एक अधिकारीलाई सवारीकै बेलामा रोकेर छानविन गर्दा  ३९ किलोको कोकिन भेटिएको छ । यो विमान जी(२० समिटको लागि जापान जाँदै थियो । ब्राजील राष्ट्रपतिको सुरक्षामा तैनाथ वायु सेनाका अधिकारीलाई स्पेनका प्रहरीले स्टपओवरको क्रममा हिरासतमा लिएका थिए । 

गार्डिया सिविलका प्रवक्ताले भने, ुअधिकारीको हेण्डब्यागमा कोकीन बरामद गरिएको छ । जसको वजन ३९ किलो छ । ड्रग तस्करीको शंकामा उनलाई गिरफ्तार गरिएको हो । ती प्रहरीले पक्राउपरेका ती अधिकारी हेडक्वार्टरमा प्रहरीको हिरासतमा रहेको र उनलाई न्यायाधिस समक्ष पेश गरिने बताएका छन् । 

ब्राजीलियन टिभी नेटवर्क रेकर्ड टिभीका अनुसार ३८ वर्षीय शख्सको पहिचान सर्जेन्ट सिल्वा रोड्रिग्सको रुपमा भएको थियो । बोल्सोनारोको यात्रा भन्दा ठीक पहिले उडान भर्नेवाला यस प्लेनमा सैन्य दस्ता रहेका थिए । जसले टोकियोमा समिटको दौरान राष्ट्रपतिको सुरक्षाको जिम्मेवारी पाएको थियो । 

बोल्सोनारोले मंगलवार यस गिरफ्तारीको पुष्टि गरे र बताए कि देशका रक्षा मन्त्रीद्वारा उनलाई यसको सूचना प्राप्त भएको थियो ।  उनले भने, मैले रक्षामन्त्रीलाई तुरुन्त स्पेनिस पुलिसको साथ जाँचमा सहयोग गर्नको लागि भनेका छन् । ब्राजीलियन राष्ट्रपतिले भने, हाम्रो सेनामा करिब ३ लाख पुरुष र महिलाहरु रहेका छन् । जसले उच्च आदर्श र नैतिकता सिकाइएको छ । जोसँग यस्तो भेटिएको छ । उसलाई कानून अनुसार कारबाही गरियोस् । 
 



शुक्रबार १३, असार २०७६ १२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal