देवता रिसाउने डरले महिनावारी हुँदा स्कुल जाँदैनन् बाजुराका शिक्षिका

Yugnepal     745 पटक पढिएको    

देवता रिसाउने डरले महिनावारी हुँदा स्कुल जाँदैनन् बाजुराका शिक्षिका

 

मार्तडी,  । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका–८ रतुडा जनप्रकाश आधारभूत विद्यालयका शिक्षिका महिनावारी भएका वेला विद्यालय नजाने गरेको खुलेको छ ।

विद्यालयनजिकै रतुडीमाडु देवताको मन्दिर रहेकाले महिनावारी हुँदा देवता लाग्ने डरले शिक्षिकाहरू विद्यालय नआउने गरेको स्थानीय जयबहादुर अयडीले जानकारी दिए । ‘बुढापाकामा यस्तो अन्धविश्वास अझै कायम छ, युवा पुस्ताले विरोध गर्दै आएका छन् । तर, पनि शिक्षिकाहरू मान्न तयार छैनन्,’ उनले भने ।

बडीमालिका नगरपालिका–८ रतुडा विद्यालय ०५१ सालमा स्थापना भएको हो । स्थापनाकालदेखि अहिलेसम्म यो प्रथा कायमै छ ।

शिक्षिका महिनावारी भएको समयमा विद्यार्थीको पढाइमा बाधा हुने गरेको प्रधानाध्यापक प्रकाश अयडी बताउँछन् । कहिलेकाहीँ आफू तालिम, गोष्ठी, बैठकमा गएका वेला कार्यरत दुवै शिक्षिका महिनावारी हुँदा स्कुल बन्द हुने गरेको अयडीले बताए ।

यो प्रथा गलत रहेको भन्दै महिनावारी भएका वेला शिक्षिकाहरूलाई विद्यालयले बिदा नदिने निर्णय गरे पनि उनीहरूले नमानेको प्रधानाध्यापक अयडीले जानकारी दिए ।

एक पुरुष र दुई महिला शिक्षक कार्यरत विद्यालयमा प्रारम्भिक बालविकास केन्द्रदेखि कक्षा तीनसम्म सञ्चालित छ । विद्यालयमा हाल १८ जना विद्यार्थी अध्ययनरत छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।



बुधबार ११, असार २०७६ ०४:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.