बालुवाटारको जग्गा प्रकरणमा ८६ जनालाई बयान दिन बोलाइयो, शोभाकान्त र रामकुमारको श्रीमतीको नाम

Yugnepal     667 पटक पढिएको    

बालुवाटारको जग्गा प्रकरणमा ८६ जनालाई बयान दिन बोलाइयो, शोभाकान्त र रामकुमारको श्रीमतीको नाम

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको १ सय ४७ रोपनी जग्गा हडपेको मुद्दामा ८६ जनालाई बयानको लागि बोलाएको छ । बुधबार एक दैनिक पत्रिकामा नामावली सार्वजनिक गर्दै अख्तियारले उनीहरुलाई बयानको लागि बोलाएको हो । 

सो सूचना अनुसार बालुवाटारको २२९ रोपनी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुको मिलेमतोमा व्यक्तिको नाममा गैरकानूनी रुपले फिर्ता दिएको उजुरी अनुसार उनीहरुको बयान लिनु पर्ने भएकोले सूचना जारी भएको मितिले ७ दिन भित्र अख्तियारको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नको लागि भनिएको छ । 

सो सूचीमा भू माफिया भनेर सबैभन्दा धेरै आरोप खेपेका शोभाकान्त ढकाल र उनका सहयोगी रामकुमार सुवेदीको भने नाम उल्लेख छैन । बरु उनीहरुको श्रीमतीहरुको नाम यसमा उल्लेख गरिएको छ । 

अख्तियारले बयानको लागि बोलाएका व्यक्तिहरुको नामावली तल प्रस्तुत छ ।



बुधबार ११, असार २०७६ ०३:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal