सर्वोच्चका विवादित न्यायधीश जोशीद्धारा राजिनामा

राजिनामा

Yugnepal     1105 पटक पढिएको    

सर्वोच्चका विवादित न्यायधीश जोशीद्धारा राजिनामा


सर्वोच्चका विवादित न्यायधीश जोशीद्धारा राजिनामा


काठमाडौ फागुन ७ 
सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश दिपकराज जोशीले राजीनामा दिएका छन्। लामो समयसम्म विवादित रुपमा सर्वोच्चमा रहेका जोशीले मंगलबार पदबाट राजीनामा दिएका हुन् । 
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले जोशीलाई पुस १७ गते देखि इजलास तोकेका थिएनन् । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदको सचिवले पदमुक्त गरेपछि जोशी कायम मुकायम प्रधानन्यायाधीश भएका थिए । उनी कायममुकायम प्रधानन्यायाधीश रहेको बेला प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा समेत परेका थिए । तर संसदीय सुनुवाइ समितिले उनको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै उनलाई अस्वीकृत गरेको थियो । प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि उनी लामो समय घरबिदामा बसेका थिए । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र समशेर प्रधानन्यायाधीशमा नियुक्त भएपछि भने उनको सम्पुर्ण जिम्मेवारी खोसेका थिए ।



मङ्गलबार ०७, फागुन २०७५ ०५:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.