काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अब निरन्तर वर्षा भइरहने बताएको छ । बिहीबारदेखि नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरेकाले अबको दुई पश्चिम क्षेत्रका विभिन्न स्थानमा वर्षा गराउने महाशाखाले जनाएको छ ।
पूर्वी भेगबाट मनसुन भित्रिए पनि त्यो क्षेत्रमा भने मनसुन कमजोर रहेको मौसमविद्हरुले बताएका छन् । पश्चिम क्षेत्रमा पानी पर्दा खोलाको सतह बढ्ने र पहाडी भेगमा पहिरो जाने सम्भावना बढी देखिएको छ ।
आइतबार पश्चिमका धेरै स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ । देशको मध्य र पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानहरुमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहको छ । उच्च हिमाली भूभागहरुको केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।
आइतबार राति पनि वर्षा हुनुका साथै हिमाली भूभागहरुमा हिमपात हुने महाशाखाले जनाएको छ । यसअघि शनिबार राति भारी वर्षा भएको थियो ।
प्रतिकृया दिनुहोस