शरिरमा देखा पर्ने पत्थरी हटाउने घरेलु औषधि युक्त उपाएबारे जानकारी लिनुहोस

Yugnepal     1321 पटक पढिएको    

शरिरमा देखा पर्ने पत्थरी हटाउने घरेलु औषधि युक्त उपाएबारे जानकारी लिनुहोस

 

खानपीनमा ध्यान नदिँदा धेरैलाई मृगौलामा पत्थरीको समस्याले सताउने गर्छ । मृगौलामा पत्थरी भइसकेको छ अथवा हुने जोखिम छ भने प्रशस्त पानी पिउनुपर्छ । पानी प्रशस्त पिउने गर्नाले पत्थरी बन्ने खनिज पदार्थ शरीरबाट पिसावमार्फत जान्छ ।

आज हामी मृगौलामा भएको पत्थरी हटाउने घरेलु उपायको बारेमा तपाईलाई जानकारी दिन गईरहेका छौँ । घरमा नै पाईने सामाग्री सही तरिकाले प्रयोग गर्ने हो भने यो समस्याको जोखिमबाट बच्छौँ ।

कागती
कागतीको रसमा जैतुनको तेल मिसाएर पिउने र त्यसलगत्तै पानी पिउने गर्नाले साना स्टोन फुटेर पिसाबमार्फत निस्किन्छ ।

अनारको जुस
अनारको जुस पनि किड्नीमा हुने स्टोन हटाउनको लागि लाभदायक मानिन्छ । अनारको जुसमा किड्नी स्टोन हराउने तत्व पाईन्छ । त्यसैले किड्नीमा स्टोन भएकाहरुले दिनमा एक अथवा दुई ग्लास अनारको जुस खाने गर्नु उत्तम हुन्छ ।

राजमा
राजमामा फाइबर, वनस्पतिक प्रोटिन, भिटामिन बी र मनरल्स पाइन्छ, जसले पिसाब नलीलाई सफा गर्न र किड्नीलाई सफा गर्न मद्दत गर्छ । साथै यसले किड्नी स्टोन बन्ने र बढ्ने क्रमलाई पनि रोक्छ ।

तुलसी
किड्नीलाई स्वस्थ राख्न दिनहुँ तुलसी चिया पिउने गर्नु लाभदायक हुन्छ । एक चम्चा तुलसीको पातको रस र मह एकसाथ पिउनुपर्छ । यसरी लगातार ६ महिनासम्म तुलसीको रस र मह मिसाएर खाँदा पथरी निस्किन्छ ।

खाना बार्ने
चकलेट, चुकन्दर, स्ट्रबेरी, ओखर, मरिच, पालक, कुरिलो जस्ता खानाले स्टोन बढाउने भएकाले यस्तो खाने कुराहरु नखानु उत्तम हुन्छ ।



बुधबार ०४, असार २०७६ ०४:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal