मम्मी , अब त मैले हजुरलाई भेट्न पनि अरु कसैको अनुमति चाहिन्छ ।

Yugnepal     1300 पटक पढिएको    

मम्मी , अब त मैले हजुरलाई भेट्न पनि अरु कसैको अनुमति चाहिन्छ ।

 

मम्मी।।अब त तिमिलाई भेट्न पनि
अरु कसैको अनुमती चाहिन्छ मलाई।।म हुर्केको, म बढेको ठाउँमा जान पनि अरु कसैको हस जाउ को अनुमति चाहिन्छ मलाई,ममि,,, किनकि पहिला हजुरहरुको घर पनि मेरै हुने गर्थ्यो  तर अहिले घरबाट यो ठाउ माईति भएको छ  म कसैको छोरी, दिदी, बहिनी बाट‘, कसैको बुहारी , कसैको भाउजू , अनि कसैको श्रीमती भएको छु‘।

मामु  हरेक पल सम्झिने गर्छु म तिमिलाइ नै जब कसैले मलाई मायार प्रेम गर्छन, जब कसैले मलाई तिमिले झै बिस्वास गर्छ तिम्रै याद आउँछ जब कसैले मलाई सस्कार , सम्मान र ईज्जतको कुरा सिकाउछ १मामु १ जब म तिमिसङ्गै हुने गर्थे पहिला मलाई खुवाएर तिमी खाने गर्थ्यौ।।,तर अहिले समय फेरिएको छ , म अरुको पेट अगाए पछि मात्र खान पाउछु‘१

हेर्नुस न ममि हिजो र आजमा कति भिन्नता छ।।हिजो मैले गल्ति गर्दा तिमिले फकाउने गर्थ्यौ म सङ्ग सङ्गै रुने गर्थ्यौ।।१ तर हेर्नुस न ममि आज मैले गल्ति गर्दा , म आफू एक्लै रुने गर्छु  न त तिमी झै आँसु थाम्ने कोहि भेट्छु न त न त बाबाले झै फकाउने कोहि मामु 

माया त मैले तिमी र बाबाले गर्ने झै पाएको छु सासू ससुरा बाट सम्मान र सुरक्षा पाएको छु पतिबाट, ममि तर अह, कहिल्यै तिमी , बाबा , भाइ , बहिनीको जस्तो महसुस भएन ममि 
मलाई अझै याद छ त्यो सब्दहरु भाईले मलाई बिदाई गर्दा ‘दिदी मलाई छोडेर नजानु न बरु टिभिको रिमोट तपाईं लाई नै दिन्छु अझै याद आउँछ बाबाले भन्नुभएको कुरा छोरी आफ्नो ख्याल राख्नु तिमी जत्तिको अरु कोही छैन मेरो लागि अझै याद छ मामु हजुरको आखामा मेरो लागि आसुहरु देखेको थिए मामु  याद आउँछ सबैको‘।भन्छन नि यादहरु नै जिउने आधार हो ।



सोमबार ०२, असार २०७६ ०१:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.