काठमाडौं । भारतको विहारमा गर्मीले गर्दा ज्यान जानेको संख्या बढेको छ । लू लागेर बिहारमा १४३ भन्दा बढीको ज्यान गएको स्थानिय प्रशासनले बताएको छ ।
आइतबार ७७ तथा शनिबार ६६ जनाको ज्यान गएको हो । औरंगाबादमा ३३ जनाको मृत्यु भएको छ ।
आइतबार मात्रै औरंगावादमा ३३, नवादामा १२, पटनामा ११, गयामा ९, बक्सरमा ७ तथा आरामा ५ जनाको लू का कारण मृत्यु भएको छ ।
आइतबार पटनामा ४५, गयामा ४४।४, मुजफ्फरापुरमा ४२।६ र भागलपुरमा ४१ डिग्री गर्मी रह्यो ।
ती क्षेत्रका अस्पतालमा पंखा तथा कूलर राख्न निर्देशन दिइएको छ ।
तीन स्थानहरुमा सबै विद्यालय ठप्प छन् । बिहीबार पछि मौसममा सुधार हुने भारतीय मौसम विभागले जनाएको छ ।
यो आपतको बेलामा अस्पतालमा भने चिकित्सकको अभाव छ । पश्चिम बंगालका डाक्टरको समर्थनमा सोमबार देशभर अस्पतालमा डाक्टरले सेवा दिने छैनन् । उनीहरु हड्तालमा रहेका हुन् ।
मौसमका कारण पानीको थोपा खोज्न पनि समस्या भएको छ ।
प्रतिकृया दिनुहोस