सुदूरपश्चिम प्रदेशमा बैकं हरुको कर्जा लगानी धैरै कम

कर्जा लगानी ६८ अर्व

Yugnepal     1242 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशमा बैकं हरुको कर्जा लगानी धैरै कम

सुनिल आउजी
 धनगढी फागुन ६
 सुदूरपश्चिम प्रदेशमा बैकं तथा विक्तीय संघ संस्थाहरुको कर्जा लगानी जनसंख्याका अनुपातमा कर्जा लगानी धैरै कम रहेको नेपाल राष्ट्र बैंकको  तथ्याङ्कमा उल्लेख छ ।  सुदूरपश्चिम प्रदेशको  कुल जनसंख्या झन्डै २७ लाख रहेको छ भने जसमध्य  मानव विकास प्रतिबेदन २०१४ को तथ्याङ्कमा उल्लेख आर्थिक रुपमा सक्रिय जनसंख्या १० लाख ५८ हजार ५ सय उन्नायस छ । भने यो जनसंख्याको  अनुपातमा  यो प्रदेशमा कर्जा लगानी धैरे कम रहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले बताए ।  उनका अनुसार गत आर्थिक वर्षमा कर्जा लगानी १७ प्रतिशतले वृद्धी भए पनि कर्जा लगानी कम रहेको विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टले बताए । निर्देशक भट्टका अनुसार यो मा वन र खोटो बाट करिव ३५ करोड राजस्व संकलन गरेको छ । भने ८८ वटा स्थानय तह मध्य आर्थिक वर्ष २०७५ सालको पुस मसान्त सम्म ७२ वटा स्थानीय तहहरुमा बैंक पुगेको भने अझै १६ वटा स्थानीय तहमा बैंक पुग्न नसकेको कार्यकारी निर्देशक डा गुणाकर भट्टले जानकारी दिए । 
 चालु आर्थिक वर्ष २०७४÷ २०७५ सालको असार मसान्तको तथ्याकं अनुसार सुदूरपश्चिमको कर्जा लगानी ६८ अर्व रहेको छ भने निक्षेप संकलन २९ अर्व निक्षप संकलन भएको तथ्याकंले देखाएको छ  ।  भने कर्जा र निक्षपको अनुपातमा २ सय ३१ प्रतिशत रहेको निर्देशक डा गुणाकर भट्टले बताए । सुदुर पश्चिम प्रदेशमा बैंक वित्तीय संस्थाको शाखा संख्या २ सय ८२ रहेका छन् । भने प्रति बैंक शाखा संख्याबाट सेवा पाउने जनसंख्या करिब १० हजार एकान्नबे छ । सुदूरपश्चिम प्रदेश औसत १० हजार एकान्नब र राष्ट्रिय औसत ६ हजार ४ सय ८७ छ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको तथ्यांकमा  समावेश रहेको छ । सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्रदेशगत र प्रतिव्यक्ति आय कुल गार्हस्थ्य उत्पादनमा राष्ट्रय उत्पादनमा यो  प्रदेशको योगदान ६.३ प्रतिशत रहेको छ । प्रतिव्यक्ति आयमा अमेरीकी डलर ६६० रहेको  मानव विकास प्रतिबेदन २०१४ को आधारमा आर्थिक वर्ष २०७४÷ २०७५ को प्रदेशगत कुल गार्हस्थ्य उत्पादनमा प्रतिव्यक्ति आय गणना तथ्याङ्कमा उल्लेख छ ।



सोमबार ०६, फागुन २०७५ ०५:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal