अमरगढी स्मार्ट सिटीको मास्टर प्लान तीब्र गतिमा

Yugnepal     1156 पटक पढिएको    


 अमरगढी नगरलाई स्मार्ट सिटीकारुपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको मास्टर प्लानले तीब्र गति लिएको छ । नेपाल सरकारको १० वटा शहरलाई स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार सहरी विकास मन्त्रालयले ग्रिड कन्सल्टेण्डसँग सम्झौता गरिसकेको छ ।

दश शहरमध्ये अहिले स्याङ्जाको वालिड्ड, दैलेखको दुल्लु र डडेल्धुराको अमरगढीको अध्यायनमा सेटेलाईट वेशका काम अन्तिम चरणमा पुगेको छ । यस्तै भू–उपयोग नक्सा, वार्डगत भेटघाट सम्पन्न भएका छन् ।स्मार्ट सिटीभित्र स्मार्ट जनता, स्मार्ट भौतिक पूर्वाधार, स्मार्ट शासन व्यबस्था र स्मार्ट अर्थव्यबस्था रहने भएकाले सो स्तरमा अमरगढीलाई पुराउन योजना निर्माण गरिरहेको बतावरण विद तथा अमरगढी स्मार्ट सिटीका संयोजक कुमोद लेखकले जानकारी दिए ।

निर्वाचनका बेला स्मार्ट सिटीको मुद्दा उठाएका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले अहिले कार्यान्वयनमा अगाडी बढ्दा जनतासँगका गरेका बाचा पुरा हुनेमा विश्वास व्यक्त गरे । यस कार्यमा सम्पूर्ण नगरवासी तथा सरोकारवालाले चनाखो भएर आ–आफ्नो क्षेत्रवाट सहयोग गर्नसमेत नगरप्रमुख ओझाले आग्रह गरे ।

प्राकृतिक सुन्दरताको खानी सुदूरपश्चिम प्रदेशको केन्द्रबिन्दु डडेल्धुरा सदरमुकाम अगरगढी नगर स्मार्ट सिटीतर्फ उन्मुख भएसँगै प्रदेश मात्रै नभई देशकै विकास र समृद्धिमा टेवा पुग्ने देखिन्छ ।



आइतबार १३, माघ २०७५ ०९:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.