स्वस्तिक अस्पतालले सेवाग्राहीलाई सहजता प्रदान गर्ने

युग संवाददाता     344 पटक पढिएको    

स्वस्तिक अस्पतालले सेवाग्राहीलाई सहजता प्रदान गर्ने

 
 

धनगढी  धनगढीको स्वस्तिक अस्पताल नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–३ सहिदगेटमा रहेको अस्पताल नयाँ व्यवस्थापनले एक सय शय्यामा सञ्चालनमा ल्याएको हो।

अस्पतालले सेवाग्राहीलाई सहजता प्रदान गर्न नयाँ प्रविधि र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापन गरेको बताएको छ। अस्पतालले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ व्यवस्थापन र एक सय शय्यामा सञ्चालनमा आएको बताएको छ। स्वस्तिक अस्पताल १५ शय्याबाट सुरुवात भएको थियो। अस्पताल व्यवस्थापनले नयाँ आधुनिक उपकरणहरूसमेत थपेको बताइएको छ। स्वस्तिकलाई पूर्वाधार र प्रविधिमा सुदूरपश्चिमकै अग्रणी र अत्याधुनिक स्थानमा राख्न सकिने अस्पतालका अध्यक्ष दिपेन्द्र तिवारीले बताए।

अस्पतालमा २४ घण्टै इमर्जेन्सी सेवा, जनरल मेडिसिन विशेषज्ञ सेवा, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, हाडजोर्नी, मेरुदण्ड तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा सौन्दर्य रोग विशेषज्ञ सेवा, मुटुरोग विशेषज्ञ सेवा, रेडियोलोजी विशेषज्ञ सेवा, नाक, कान, घाटी रोग विशेपज्ञ सेवा, डेन्टल केयर विशेषज्ञ सेवा, फिजियोथेरापी सेवा, प्रयोगशाला, एक्सरे तथा अल्ट्रासाउण्ड सेवा, जनरल तथा ल्याप्रोस्कोपी सर्जरी विशेषज्ञ सेवा, युरो सर्जरी विशेषज्ञ सेवा, न्युरो सर्जरी विशेषज्ञ मेवा उपलब्ध रहेको उनले बताए।


अस्पतालभित्र उच्चस्तरीय प्रविधि जडित शल्यक्रिया कक्ष, आईसीयू, एनआईसीयू तथा प्रसूति कक्षको व्यवस्था गरिएको छ। गुणस्तरीय औषधि र अनुभवी फर्मासिस्ट सहितको फार्मेसीको व्यवस्था, सेवाग्राहीको सहजताका लागि चिसो–तातो मौसमअनुसार आवश्यक सबै स्थानमा एसी जडित सरचना र स्तरीय एम्बुलेन्सको व्यवस्था अस्पतालले गरेको उनले बताए। उल्लेखित सेवासुविधाका लागि अस्पतालमा पूर्णकालीन र आशिक गरी चिकित्सकीय जनशक्ति २४ सै घण्टा उपलव्ध छन्।

अस्पतालमा सुदूरपश्चिम प्रदेश भरीकै सरकारी तथा निजी अस्पतालमा पहिलो मोडुलर ओटी रहेको उनले बताए। निःसन्तान दम्पतीमा लागि अस्पतालले विगतमा आईभीएफ शिविर सञ्चालन गरेको थियो। तर, अब पूर्णकालीन आईभीएफ केन्द्र सञ्चालन गर्न लागिएको अस्पतालले बताएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पूर्णकालीन आइभीएफ सेवा स्वस्तिकमा दिन थालिएको हो।



आइतबार २३, चैत २०८१ ०९:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal